५ कार्तिक २०७८, शुक्रबार

संसद चलिरहेको छैन, ताजा जनादेशका लागि निर्वाचन आवश्यक छ: ओली



१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेश अपरिहार्य भएको बताउदै निर्वाचनमा जानुपर्ने बताएका छन् ।

मंगलबार सञ्चारमाध्यमहरुसँगको छलफलमा प्रमुख विपक्षीका नेता ओलीले भने, ‘प्रतिनिधिसभा संसद चलिएको छैन । ताजा जनादेश आवश्यक छ । म अहिले पनि भन्छु, निर्वाचन आवश्यक छ ।’

सरकार गठन भएको साढे २ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको र देश अकर्मन्य अवस्थामा रहेको भन्दै ओलीले ताजा जनादेशमा जानुपर्ने बताए । ओलीले थपे, ‘देशको बहुमूल्य समय बर्बाद गरेर बस्नु हुँदैन । ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्छ ।’

ओलीले भने, ‘उहाँहरुले नै गराए हुन्छ । गठबन्धन छँदैछ, मिलेर चुनाव लड्छौं भनेकै छन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको