२ कार्तिक २०७८, मंगलवार

मधुमेह नियन्त्रणदेखि पेटलाई आराम दिने मण्डुकासन




असोज १२ काठमाडौं । शरीरमा प्याङ्क्रियाजले (अग्न्याशय) जब इन्सुलिनको उत्पादन बन्द गर्छ तब व्यक्तिको शरीरमा ग्लूकोज मात्रा बढ्छ ।

आजको समयमा खराब दिनचर्या र गलत खान–पानका कारण मधुमेह रोग वयस्कदेखि बालबालिकामा पनि देखिने गरेको छ ।

हाम्रो देशको एक ठूलो जनसंख्या यो रोगको चपेटामा छ । मधुमेह रोगी हुनु व्यक्तिका लागि धेरै कष्टमय हुन्छ । मानिसहरु शुगरको मात्रा कम गर्नका लागि विभिन्न उपायहरु अपनाउने गर्छन। र महँगो औषधी सेवन पनि गर्ने गर्छन ।

तर, पनि कुनै उचित परिणाम ननिक्लिएको हामी सुनिरहेका हुन्छौं। यसलाई नियन्त्रण गर्न केहि योगासन छन् जसले नियन्त्रण गर्न ठुलो भूमिका खेल्दछ। ती मध्ये एक हो मण्डुकासन आसन ।

विधि
– यो आसन गर्नका लागि सबैभन्दा पहिला घुँडलाई मोडेर वज्रासनको मुद्रामा बस्नुहोस् । अब तपाइँको औंलालाई हातभित्र राख्दै मुठ्ठी कडासँग पारेर बन्द गर्नुहोस । अब दुवै बन्द मुट्ठी नाभि माथि राख्नुहोस्।
–अब श्वास लिने र त्यसपछि छोड्दै आफ्नो शरीरलाई अगाडि झुकाउनुहोस् । केहि समयको लागी सोही स्थितिमा बसेपछि विस्तारै श्वास लिंदै वज्रासन मुद्रामा फिर्ता आउनुहोस् ।
–यस प्रकियालाई ३ देखि ४ पटक गर्नुहोस ।
फाइदा
–तपाईको पेटको भित्रि अङ्गलाई मसाज मिल्छ ।
–पाचनप्रणाली ठिक रहन्छ ।
–प्याङ्क्रियाजलाई सक्रिय बनाउँछ ।
–मधुमेहलाई नियन्त्रणमा राख्छ ।
–वजनलाई नियन्त्रण गर्छ ।

सावधानी
–कम्मर र घुँडा दुख्ने व्यक्तिले गर्न हुँदैन ।
–आसन गर्दा पेटलाई अत्याधिक दवाव दिनु हुँदैन ।
–माइग्रेन, बिपी हाइ हुनेले नगर्ने ।
एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको