३१ आश्विन २०७८, आईतवार

एमालेको १० बुँदे सम्झौंता कार्यान्वयन कार्यदलको संयोजकमा रावल



११ असोज, काठमाडौं । नेकपा (एमाले)ले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाएको कार्यदलको संयोजकमा भीम रावललाई जिम्मेवारी दिएको छ ।

सोमबार बसेको स्थायी कमिटीको बैठकले शंकर पोखरेललाई कार्यदलको सदस्यमा थप गरेको छ भने रावललाई संयोजक तोकेको छ । १० बुँदे सम्झौंता कार्यान्वयन गर्ने सहमतिपछि एमालेमै बसेका नेताहरु समेत सहभागी ८ भदौको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो ।

उक्त कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई राखिएको थियो ।

एमाले प्रचार विभाग प्रमुख एवम् सचिव योगेश भट्टराईका अनुसार धेरै ठाउँमा १० बुँदे कार्यान्वयन भइसकेको छ। केही ठाउँमा देखिएको समस्याबारे पनि सकारात्मक कुराकानी भइरहेकाले १० बुँदेलाई लिएर आतंक सिर्जना नगर्न भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको