३ कार्तिक २०७८, बुधबार

कालिकोटमा काँग्रेसका पालिका सभापति सर्वसम्मत चयन, युवाले पाए स्थान




असोज १०, कालिकोट । नेपाली काँग्रेस कालिकोटका ९ वटै स्थानिय तहमा सर्वसम्मत पालिका सभापतीको नेतृत्व चयन गरिएको छ ।

खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, पलाँता गाउँपालिकामा धीर बम, तिलागुफा नगरपालिकामा धीरेन्द्र थापा महावै गाउँपालिकामा पुरारी अधिकारी, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, रास्कोट नगरपालिकामा वीर फर्साल, पचालझरना गाउँपालिकामा प्रर्जापती संज्याल, सान्नी त्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी र शुभकालिका गाउँपालिकामा दिर्घबहादुर शाहीलाई सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

सान्नी त्रिवेणी गाउँपालिकामा विजयी भएका वीरेन्द्र केसी ३० वर्षीया युवा हुन् । लामो समयदेखि काँग्रेसको राजनीतिक सक्रिय उनी युवा उमेरमा नै काँग्रेसको नेतृत्वमा पुगेका छन् ।

त्यस्तै नरहरिनाथ गाउँपालिका गाउँपालिकाका सभापति भएका वटाला ४० वर्ष हाराहारीका छन् भने तिलागुफाका धीरेन्द्र थापा पनि युवा उमेरमा नै काँग्रेसको नेतृत्वमा पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको