५ कार्तिक २०७८, शुक्रबार

भरतमणीले ऋषिलाई भने, ‘तपाईँको नाकको डाँडी भाँच्चिने गरी हान्नु पर्छ’



९ असोज, काठमाडौं । कमेडी च्याम्पियन भरतमणी पौडेलले पत्रकार ऋषि धमालालाई ‘तपाईंको नाकको डाँडी भाँच्चिने गरी हान्नु पर्छ’ भनेका छन् । भरतमणीले टेलिभिजन अन्तरवार्ताकै क्रममा यसो भनेका हुन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’ मा कार्यक्रम प्रस्तोता ऋषि धमलाले कमेडी च्याम्पियन भरतमणी पौडेललाई पारस शाहको क्यारिकेचर गर्न भन्दै सोधे, ‘पारस शाहजी तपाईँ गाँजा खानुहुन्छ ?’

पारस शाहको क्यारिकेचर गर्ने क्रममा भरतमणीले रिसाउँदै धमलालाई भने, ‘यस्तै यस्तै यस्तै यस्तै पत्रकारहरूले ३०–३० वर्षदेखि यस्तै यस्तै गरेर मलाई विगारी राछ । तपाईँले देख्नु भएको छ मैले खाएको ? तपाईँको नाकको डाँडी भाँच्चिने गरी हान्नु पर्छ फेरी यस्तो कुरा गर्नु भयो भने ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको