५ कार्तिक २०७८, शुक्रबार

बलात्कारको मुद्धामा बयान फेर्ने पीडितलाई ५ हजार जरिवाना




असोज ९, सुर्खेत । बलात्कार मुद्धामा दैलेख जिल्ला अदालतले पीडक र पीडित दुवै पक्षलाई सजाय तोकेको छ । पीडकलाई १० वर्ष कैद र पीडित पक्षलाई ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।

दुल्लु नगरपालिका–८ का ६१ वर्षीय नन्दाराम भण्डारी र बयान फेर्ने बलात्कृत बालिकाकी आमालाई ५ हजार जरिवाना तिराउने निर्णय दैलेख जिल्ला अदातल गरेको छ ।

२०७७ वैशाख १० गते झारफुक गर्ने बहानामा भण्डारीले आफ्नै घरमा बोलाएर एक १७ वर्षीया बालिकालाई भण्डारीले बालिकालाई बलात्कार गरेका थिए । घटना लगत्तै पीडित पक्षले २०७७ साल जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । बलत्कार पश्चात बालिका गर्भवती भएकी थिइन् । बालिका ५ हप्ताको गर्भ रहेको र कानुन अनुसार नै गर्भपतन अस्पतालमा गर्भपतन गरिएको थियो ।

बलात्कार गरेको कसूरमा पीडक भण्डारीलाई १० वर्ष कैद सजाय सुनाएको र पीडकलाई बचाउनका लागि बलात्कार भएको होइन भनी वकपत्र गरेकी पीडित बालिकाकी आमालाई ५ हजार रुपैयाँ जरिवाना भएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले बताए । ‘अस्पतालमा गर्भपतन गराएको प्रमाण छदाँछँदै आरोपित पक्षलाई जोगाउन उजुरीमा उल्लेखित ब्यहोरा विपरित वकपत्र गर्ने पीडित पक्षलाई समेत सजाय भएको छ ।’ उनले भने,‘पीडकलाई जोगाउनका लागि पीडित पक्षले वयान फेरेका कारणले दुवै पक्षलाई सजाय भएको हो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको