३१ आश्विन २०७८, आईतवार

भारतमा कपाल छोटो पारिदिएका कारण सैलुनलाई तीन करोड २० लाख रुपैयाँ जरिबाना




एजेन्सी । भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ (तीन करोड २० लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ ।

उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो जसका कारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ ।

दिल्लीको एउटा होटेल समूहको हिस्सा रहेको उक्त सैलुनले फैसलाविरुद्ध पुनरावेदनमा जान पाउने छ ।

तर उसले फैसलाबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।

ती महिलाले ‘आफूले अपेक्षा गरेको काम गुमाएको र ठूलो घाटा बेहोरेका कारण जीवनशैली नै पूरै परिवर्तन भएकाले प्रख्यात मोडल बन्ने उनको सपना चकनाचुर भएको’ न्याश्नल कन्ज्युमर डिस्प्युट रिड्रेसल कमिसनले भनेको छ ।

‘कपाल काट्दा गरिएको लापरबाहीका कारण उनी गम्भीर मानसिक समस्या र आघातबाट गुज्रिएको एवम् काममा ध्यान दिन नसक्दा कामनै गुमाएको’ उसले उल्लेख गरेको छ ।

सन् २०१८ मा ती मोडल कपाल काट्नका लागि उक्त होटेलमा पुगेकी थिइन र आफ्नो कपाल काट्ने विषयबारे कर्मचारीलाई स्पष्ट निर्देशन दिएकी थिइन् ।

तर हेअर स्टाइलिस्टले उनको कपालको अधिकतम हिस्सा काटिदिएका थिए । अदालतको काजगात अनुसार उनको कपाल ूजम्मा चार इन्चू रहने गरी काटिएको थियो ।

‘उनले ऐनामा आफूलाई हेर्न छोडिन । उनी जनसम्पर्क अधिकृत हुन् र उनले बैठक अनि अन्तरक्रियामा सहभागी हुनुपर्ने हुन्छ । तर छोटो कपालका कारण उनले आफ्नो आत्मविश्वास गुमाइन्,’ अदालतको फैसलामा भनिएको छ ।

जब उनले सैलुनसमक्ष गुनासो गरिन उनलाई कपालको निःशुल्क स्याहार गरिदिने प्रस्ताव गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको