२ कार्तिक २०७८, मंगलवार

आगामी निर्वाचनमा प्रचण्डसँग भिड्न तयार छु : बादल




असोज ८, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन् । शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन् ।

दुवै नेताकोे गृहजिल्ला चितवन भएको हिसाबले आगामी निर्वाचनमा दुई नेताको भिडन्त हुन्छ भनी उनलाई प्रश्न सोधिएको थियो ।

‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने, ‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ ।’

उनले प्रचण्ड पार्टीको लाइनलाई छाडेर पलायन भएको बताए । नयाँ गुट बनाएर प्रचण्ड दक्षिणपन्थी र लोकतन्त्रविरोधी पक्षमा लागेकोसमेत उनको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको