अति विपन्न परिवारलाई वेत्रावति युवा क्लवको राहत
२३ भाद्र, दाङ । वेत्रावती युबा क्लबले अति विपन्न परिवारहरूलाई राहत वितरण गरेको छ । कोरोना महामारीका कारण दैनिकी चलाउन कठिन भएका विपन्न ९ घर परिवारलाई क्लवले मङ्गलबार राहत वितरण गरेको हो ।
तुल्सिपुर वडा नम्बर ७ का बासिन्दाहरू मिना बिश्वकर्मा, अम्बिका भुसाल, सरस्वती घर्ती, राज भुसाल, कलि चौधरी, नजरमान नेपाली, विष्णु महतरा, मोहन चौधरी र मित्रलाल भुसाललाई राहतस्वरू विभिन्न खाद्य सामग्री वितरण गरिएको क्लवका संस्थापक अध्यक्ष दिपक पोख्रेलले बताए । उनले भने, ‘क्लवमा आवद्ध युवाहरू मिलेर व्यवसायी, समाजसेवी र अन्य व्यक्तिहरूबाट सहयोगस्वरूप खाद्य सामग्री सङ्कलन गरी विपन्न परिवारलाई वितरण गरेका हौं ।’
राहत सङ्कलन समितिका संयोजक मधुसुदन पोख्रेल, तुल्सिपुर वडा नम्बर ७ का सदस्य रामबहादुर जि.सी, वेत्रावति युवा क्लवका अध्यक्ष शेरबहादुर चौधरी, क्लवका सल्लाहकार नारायण रजौरे, नेकपा वडा नम्बर ७ का अध्यक्ष प्रेम खनाल लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।