२ कार्तिक २०७८, मंगलवार

म र सूर्यराजलाई पत्रिकाले एकिकृत समाजवादी बनाइ दिएछः प्रा.डा. युवराज संग्रौंला



७ असोज, काठमाडौं । प्रा.डा. युवराज संग्रौलाले आफू र डा. सूर्यराज आचार्यलाई पत्रिकाले नेकपा (एकिकृत समाजवादी) बनाइ दिएको भनी आपत्ति जनाएका छन् ।

प्रा.डा. संग्रौंलाले सामाजिक सञ्जालमा भनेका छन्, ‘म र सुर्यराजलाई एउटा पत्रीकाले एकिकृत समाजबादी बनाइ दिएछ। कस्तो गजबको सुचना प्रणाली रहेछ, मान्नै पर्ने। मलाई एउटा कक्षा लिइ दिन अनुरोध गरेको थियो नेपालको बिकास प्रणालीका बारेमा । बाहिर देशमा भए त राम्रो क्षतिपूर्ति पाइन्थ्यो मुद्दामा ।’

संग्रौलाले आफूले काँग्रेस एमाले विवेकशिल सबैको कार्यक्रममा गएर आफ्नो दृष्टिकोण राख्ने बताउँदै यस्ता पोचो पत्रकारिता नगर्न चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको