३१ आश्विन २०७८, आईतवार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुर्खेतस्थित प्रादेशिक कार्यालय सिल



सुर्खेत, ७ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको काठमाडौंको थापाथलीस्थित कार्यालयले कर्णालीका कुहिएको बासमती चामल ‘रि पोलिसिङ’ गरी सुर्खेत पठाईएको भन्दै सुर्खेतस्थित कम्पनीको प्रादेशिक कार्यालय शिल गरिएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको पहलमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता अधिकारकर्मीको कम्पनीको प्रादेशिक कार्यालय सिल गरिएको हो ।

काठमाडौंबाट आएको कुल १ हजार ९ सय ९० क्विन्टल चामलमध्ये १५ क्विन्टल चामल बिक्री भईसकेको र १ हजार ९ सय ७५ क्विन्टल बासमति चामलको बिक्री वितरणमा रोक लगाईएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए । ‘कम्पनीका कर्मचारीको मिलेमतोमा सुर्खेतमा किरा परेर कुहिएको अस्वास्थ्यकर चामल बिक्री वितरण भईरहेको सूचना आएकाले तत्कालमा बिक्रि वितरणमा रोक लगाइएको छ,’ उनले भने,‘किरा परेको अस्वास्थ्यकर भनिएको चामल सरसरी हेर्दा त्यस्तो नपाईएपनि विभागको आदेश नै अन्तिम निर्णय हुनेछ ।’

‘रि पोलिसिङ’ गरी काठमाडौंबाट विक्रीका लागि सुर्खेत पठाईएको चामल एकिन हुने बित्तिकै ल्यावमा चेकजाँच गरि खान योग्य वा अयोग्यका बिषयका जानकारी हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख थापाले बताए ।

मानव स्वास्थ्यसँगै जोडिएको खाद्यान्न जस्तो बस्तुमा सरकारी स्वामित्वको कम्पनीका कर्मचारीको मिलेमितोमा बेईमानी भएको अधिकारकर्मी बिन्दुलाल रेग्मीले बताए । ‘सुर्खेतमा बिक्रीका लागि पठाएको कुहिएको बासमति चामललाई खाद्य प्रविधि विभागको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाले खानयोग्य नभएको भनेर यसअघि नै पुष्टि गरिसकेको थियो,’ उनले भने, ‘यो सरकारी कर्मचारीको मिलेमतो नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड गरिएको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको