२ कार्तिक २०७८, मंगलवार

फेरी विवादमा तानिए इटहरीका मेयर द्वारिकलाल चौधरी, महिलाले लगाए कार्यकक्षमा ताला



७ असोज, काठमाडौं । सेवा लिन आएका महिलालाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको आरोपमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन् । बारम्बार विवादमा परेर चर्चामा आइरहेने मेयर चौधरीविविरुद्ध महिला अधिकारकर्मीले आन्दोलन सुरु गरेका छन् ।

नाराबाजी गर्दै विरोधमा उत्रिएका महिला अधिकारकर्मीहरूले बुधबार मेयर चौधरीको कार्यकक्षमा ताला लगाइदिएका छन् । मेयर चौधरीले केही दिनअघि सरकारी सेवा लिन गएका महिला सेवाग्राहीलाई कार्यकक्षमै ‘यो आइमाईलाई कसले भित्र छिरायो’ भनेर दुव्र्यवहार गरेको आरोप छ ।

आन्दोलनरत महिलाले बुधबार उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै कार्यालय परिसरमा ‘संयुक्त विरोध कार्यक्रम’ गरेका हुन् । मेयर चौधरीलाई कारबाही कारबाही नभए चरणबद्ध आन्दोलनमा उत्रिने महिला अधिकारीकर्मीले चेतावनी दिएका छन् ।

यसअघि पनि उनले पत्रकारको नाक भाँच्न बजेट छुट्याएको तथा महिलालाई नै दुव्र्यवहार गरेको लगायत घटना सार्वजनिक भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको