२ कार्तिक २०७८, मंगलवार

आगामी निर्वाचनमा काँग्रेससहितको गठवन्धन बन्छः राजेन्द्र राई



६ असोज, काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का युवा नेता राजेन्द्रकुमार राईले पार्टी अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म बाम–लोकतान्त्रिक गठबन्धन अगाडि बढ्ने भनी केन्द्रीय कमिटीमा प्रस्ताव ल्याएको बताएका छन् । उनले नेपाली काँग्रेस सहितको चुनावी गठबन्धन एकदमै सम्भव भएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनसँग बुधबार साँझ गरिएको कुराकानीमा नेता राईले प्रतिगमनलाई हराउनु पर्ने र निरंकुशतालाई हराउनु पर्ने मुलुकको अहिलेको आवश्यकता भएकाले काँग्रेससहितको चुनावी गठबन्धन बन्ने उनले बताए ।

राईले भने, ‘पहिलो, प्रतिगमनलाई हराउनु पर्ने, निरंकुशतालाई हराउनु पर्ने मुलुकको अहिलेको आवश्यकता हो । दोस्रो, सिट विभाजनको सन्दर्भमा अहिले गठबन्धनमा रहेका पार्टीले जति सिट प्राप्त गरेका छन् त्योभन्दा बढि सिट सबैको उम्मेदवारी रहन सक्ने र जित्न सक्ने अवस्था रहेको हुनाले खुशी खुशी सबैको सिट बढ्छ भनेपछि मिल्छ ।’

उनले प्रतिगमन विरोधी आन्दोलनदेखि प्रतिगामी सरकारलाई ढाल्ने सन्दर्भमा गठबन्धनको सहमती भएको हुनाले माधव नेपालले त्यसैलाई निरन्तरता दिँदै पहिलो केन्द्रीय कमिटीमा पेश गरेको प्रतिवेदनमा यो विषय प्रस्तुत गरिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको