२ कार्तिक २०७८, मंगलवार

तक्मा पुरस्कारकै कुरा !


केशरसिंह माझी
६ आश्विन २०७८, बुधबार


नेपालको पहिलो निजी कलेज सायद शंकरदेव क्याम्पस नै होला । यस्का संस्थापक हुन् स्व. शंकरदेव पन्त । राजा महेन्द्रको शासनकालमा यिनी शिक्षाप्रेमी भएकै कारणले नेपालमा निजी कलेज खोल्ने जमर्को गरेछन् । त्यसका लागि सरकारी स्वीकृति अनिवार्य हुने नै भयो । त्यसबेला देशका प्रधानमन्त्री कीर्तिनिधि बिष्ट रहेछन् । उनीसित चिनजान भएकै कारणले पनि कलेज स्थापनाको लागि स्वीकृति पनि सजिलो हुने यिनको विश्वास रह्यो । तर नौलो कार्य भएकोले भने जस्तो सजिलो नभए पनि कार्य थालनी गरेछन र कलेज स्थापनाको स्वीकृतिका लागि अनेक पटक सरकारी निकायहरूमा धाउनु धाएछन् ।

अन्ततः धेरै मेहनतपछि यिनले स्वीकृति पाएर स्थापना गरेछन् । निंजी स्तरमा पहिलो पटक कमर्स कलेजको स्थापना भएपछि यो कलेजको राम्रै चर्चा चल्यो, विद्यार्थीहरूको पहिले रोजाइको विषय पनि ‘कमर्स’ नै बन्न पुग्यो र विद्यार्थीको थामी नसक्नु भिँड हुन थालेपछि प्राध्यापकहरू पनि बढ्ने नै भए ।

कलेज स्वीकृतिमा कानुनी अड्चन झेलेका शंकरदेवलाई समय मै सहयोग पुर्‍याउन नसकेपनि समयले चर्चाको शिखरमा पुगेका शंकरदेवलाई राजाको तर्फबाट भनेर त्यसबेला जनतालाई प्रदान गरिने राज्यको उच्च सम्मान भनिएको ‘गोरखा दक्षिण बाहु’ नामक तक्मा सायद राजाको जन्मोत्सवका अवसरमा घोषणा गर्न लगाए ।

यसको चर्चा चारैतिर चलेपछि त्यसबेलाका प्रधानमन्त्रीको कानसम्म पनि पुगेछ । कलेज स्वीकृतिमा कानुनी अड्चन झेलेका शंकरदेवलाई समय मै सहयोग पुर्‍याउन नसकेपनि समयले चर्चाको शिखरमा पुगेका शंकरदेवलाई राजाको तर्फबाट भनेर त्यसबेला जनतालाई प्रदान गरिने राज्यको उच्च सम्मान भनिएको ‘गोरखा दक्षिण बाहु’ नामक तक्मा सायद राजाको जन्मोत्सवका अवसरमा घोषणा गर्न लगाए ।

राजाको तर्फबाट प्रदान गरिने भनिएका तक्मा एवम् पदकहरू कस्ता कस्ता महानुभावहरूले पाउँछन भन्नेकुरा विगतदेखि नै विवादरहित बन्न सकेको छैन । काम गर्ने भन्दा नगर्ने र चाकरी मात्र गर्नेहरूले पाउने तक्माको रूपमा अर्थ्याउने गरिन्छ र तक्मा पाउनेलाई हेर्ने दृष्टिकोण नै फरक एवम् केही अपवाद वाहेक नकारात्मक खालको छ । किनभने अहिलेसम्मको चलनमा तक्मा पदक पाउनेहरूले सिफारिशमा पर्ने बित्तिकै पहिल्यै थाह पाइ सकेका हुन्छन् ।

राजाको तर्फबाट प्रदान गरिने भनिएका तक्मा एवम् पदकहरू कस्ता कस्ता महानुभावहरूले पाउँछन भन्नेकुरा विगतदेखि नै विवादरहित बन्न सकेको छैन । काम गर्ने भन्दा नगर्ने र चाकरी मात्र गर्नेहरूले पाउने तक्माको रूपमा अर्थ्याउने गरिन्छ र तक्मा पाउनेलाई हेर्ने दृष्टिकोण नै फरक एवम् केही अपवाद वाहेक नकारात्मक खालको छ । किनभने अहिलेसम्मको चलनमा तक्मा पदक पाउनेहरूले सिफारिशमा पर्ने बित्तिकै पहिल्यै थाह पाइ सकेका हुन्छन् ।

यस्तै परिवेशमा पहिले थाह नपाउने अपवादका रूपमा एउटा शंकरदेव पन्त पनि रहेछन् । उनका नाममा तक्माको घोषणा भयो तर उनले भने लिन अस्वीकार गरि दिएछन । सो तक्मा अस्वीकार गरेको कुरो तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्टको कानसम्म हुँदै राजाको कानसम्म पनि पुगेछ ।

त्यसबेलाको शासनमा राजाको हुकुम भनेपछि ‘ढुङ्गामा कुँदिएको लकिर झैं’ भने जस्तो हुन्थ्यो । हुकुम जस्तोसुकै होस् जनताले मान्नै पर्ने, नमानेमा अनेक प्रकारका लफडा र झन्झट्मा फँसाउने र ‘अराष्ट्रीय तत्व’को बिल्ला भिराउन समय लाग्दैनथ्यो । यस्तो समयमा पनि हुकुम अस्वीकार गर्ने आँट देखाउने सायद पहिलो नेपाली जनता शंकरदेव नै हुन सक्दछन् ।

एउटा सामान्य स्कुल खोलेर जनताका छोराछोरीले सजिलैसित कमर्स बिषय पढ्न पाउन भन्ने मात्र उद्देश्य हो । त्यति जाबो कामको लागि मलाई तक्माको भारी बक्सेकोमा मैले थाम्न नसक्ने भएकोले लिन मनले मानेन । बरु त्यस्तो तक्मा, पदक, पुरस्कार मलाई दिनुभन्दा कीर्ति बाबु देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँ जस्तो मान्छेलाइ यस्ता तक्माहरू छात्तीभरी जत्ति झुन्ड्याए पनि सुहाउँछ । उहाँलाइ देश बिदेशका मानिसहरूले पनि चिन्दछन् । उहाँलाइ नै बक्सियोस सरकार ! म बुढोलाई यसको के काम, कहाँ लगाउनु ,कहाँ झुन्ड्याउनु ? त्यसैले मलाई सुहाउँदैन सरकार उतै बक्सियोस’ भनेछन । यो सुनेर राजा पनि छक्क परे, केही बोलेनन । शंकरदेव अभिबादन गर्दै बिदा भएछन ।

उनलाई दरबारमा बोलाइएछ । राजाले भनेछन, ‘तिमिले राम्रो काम गरेको हुनाले तक्मा दिएको हुँ, अस्वीकार गरेछौ । किन होला ? अनि उनले जवाफमा भनेछ्न्, ‘सरकारले मलाई भनेर तक्माको घोषणा भएछ आभारी छु सरकार ,धन्यबाद । तर मैले के नै त्यस्तो काम गरेको छु र सरकार ? एउटा सामान्य स्कुल खोलेर जनताका छोराछोरीले सजिलैसित कमर्स बिषय पढ्न पाउन भन्ने मात्र उद्देश्य हो । त्यति जाबो कामको लागि मलाई तक्माको भारी बक्सेकोमा मैले थाम्न नसक्ने भएकोले लिन मनले मानेन । बरु त्यस्तो तक्मा, पदक, पुरस्कार मलाई दिनुभन्दा कीर्ति बाबु देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँ जस्तो मान्छेलाइ यस्ता तक्माहरू छात्तीभरी जत्ति झुन्ड्याए पनि सुहाउँछ । उहाँलाइ देश बिदेशका मानिसहरूले पनि चिन्दछन् । उहाँलाइ नै बक्सियोस सरकार ! म बुढोलाई यसको के काम, कहाँ लगाउनु ,कहाँ झुन्ड्याउनु ? त्यसैले मलाई सुहाउँदैन सरकार उतै बक्सियोस’ भनेछन । यो सुनेर राजा पनि छक्क परे, केही बोलेनन । शंकरदेव अभिबादन गर्दै बिदा भएछन ।

त्यसबेलादेखि अहिलेसम्म जुनसुकै शासनमा पनि मान, सम्मान, तक्मा, पदक र पुरस्कारका अनगिन्ती शृंखलाहरू निर्बाधरूपमा चलिरहेकै छन । संख्यात्मक रूपमा हरेक बर्ष बढोत्तरी हुँदै गएको छ ।

राज्यको तर्फबाट बिभिन्न राष्ट्रीय महत्वका दिवसका अवसरमा नेपाल राष्ट्रको लागि अद्वीतिय, उल्लेखनिय र सर्बोत्कृष्ट कार्य गर्ने स्वदेशी विदेशी जुनसुकै नागरिकहरू सम्मानित हुन पाउनु गौरवकै कुरा हो । तर राष्ट्रीय सम्मानका नाउँमा कुनै पनि राजनीतिक पार्टीका नेता कार्यकर्ता र प्रशासकहरूको चाकरी र चाप्लुसी गरेकै आधारमा गरिने सिफारिशले प्रदान गरिने कथित राष्ट्रीय सम्मानले प्राप्त गर्नेहरुमा समेत ‘मैले राष्ट्रको लागि के काम गरे वापत यो तक्मा प्राप्त गरेको हुँ ? भन्ने सामान्य ज्ञान र गौरवको अनुभुति हुन सकेको छैन । त्यस्ता तक्माहरू अहिले केवल घरको भित्तामा झुण्ड्याउने शोभा र एकछिन फोटो सेसनका लागि मात्र सामाजिक सञ्जालका पानाहरु रंगिने साधन मात्र बन्न गएका देखिन्छन ।

त्यसैले राष्ट्रको सम्मान पाउनेहरु बर्षमा बढीमा १० जनाको सीमित संख्यामा राजनीतिक नेता, कार्यकर्ता, कर्मचारी, सामाजिक ,सांस्कृतिक अभियन्ता, कवि, लेखक एवम् साहित्यकार मध्यबाट राष्ट्रको सम्मान प्राप्त गर्नका लागि के के उल्लेखनिय र अद्वीतिय कार्यहरु गरे ? भन्ने बारे समेत सार्बजनिक बिबरण संगसगै प्रकाशित गर्ने व्यवस्था भएमा प्राप्त गर्नेले समेत राष्ट्रीय गौरवको अनुभुति गर्न सक्दछन र राज्यले पनि पाउनु पर्नेले पाएछ भनेर संतोष हुन सक्दछ । अन्यथा बर्षेनी हजारौंको संख्यामा राज्य कोषबाट करोडौँ रकम खर्च गरी जथाभावी बाँडिने तक्मा पदक कार्य केवल राज्य कोषको दुरुपयोग गर्ने माध्यम मात्र बन्न सक्ने भएकोले यस्तो कार्य बन्द गरिनु उपयुक्त नै होला कि ??

(लेखक माझी नेपाल सरकारको अधिकृत पदबाट सेवा निवृत्त कर्मचारी हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको