२ कार्तिक २०७८, मंगलवार

वडा कार्यालयमा आगजनी




असोज ६, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ को कार्यालय आगजनी भएको छ । सोही वडाका स्थानीय वास्ताम लामिछानेले बुधबार बिहान साढे दश बजे आगजनी गरेका हुन् ।
आगजनीबाट वडा कार्यालय पूर्ण रुपमा क्षति भएको छ ।

आगजनी हुँदा अध्यक्षको कार्यकक्ष, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको घटनास्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताए । ‘घटनाका बिषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।’ उनले भने,‘घटनाका दोषी उपर कारवाही हुन्छ ।’

छामिछानेले आफुलाई ज्यान मार्ने र वडा कार्यालय जलाइदिने धम्की दिएको वडा अध्यक्ष सुनारले बताए । ‘मलाई सवा दश बजेतिर अफिसको नम्बरबाट ती व्यक्तिले फोन गरेर दश बजे अफिस किन नआएको भन्दै तेरो घाँटी काटिदिन्छु भनेका थिए,’ उनले भने, ‘म काम विशेषले गोष्टिमा भएकाले कार्यवहाक दिएको छु उहाँसँग काम गर्नुस यदि म नै चाहिने हो भने दिउँसो तिर अफिस आउछु भनेको थिएँ एक छिन पछि अफिसमा आगजनी भयो भनेर कर्मचारीहरुले फोन गर्नुभयो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको