५ कार्तिक २०७८, शुक्रबार

सुर्खेतमा चाडपर्व लक्षित गरेर सुपथ मुल्य पसल सञ्चालन गरिने




असोज ५, सुर्खेत । दशैं तिहारलाई लक्षित गरेर सुर्खेतमा सुपथ मुल्य पसल सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमबार भएको सरोकारवाला निकायको बैठक बसी सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

दशैं तिहारको अवसरमा अत्यावश्यक खाद्यान्न लगाएतका उपभोग्य बस्तुहरुको सहुलियतपूर्ण दरमा उपलब्ध गराउन उद्योग बाणिज्य संघ सुर्खेतको संयोजकत्वमा जिल्लास्थित बस्तुगत संघको बैठक राखेर हाल चलनचल्तीकोमा रहेको मुल्यभन्दा जतिसक्दा कम ुल्यमा बेचबिखन गर्ने व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेचबिखन गर्ने बस्तुहरको विविधिकरण गरेर सर्वसाधारणका लागि सुबिधा लागि बिक्रिको समय बिस्तार गर्ने निर्णय भएको छ,’ उनले भने,‘दैनिक उपभोग्य बस्तुको मुल्य सूची अनिवार्य पसलहरुले राख्नु पर्ने निर्णय गरेका छौं ।’

दशैं तिहारमा चिनी तथा नुनको माग अत्याधिक हुने गरेको तर, चिनी र नुनको बिक्रि गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कर्णाली प्रदेश कार्यालय सुर्खेतसँग चिनी तथा नुन मौज्दात नरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको