२ कार्तिक २०७८, मंगलवार

राज्यको आँखामा परेनन् द्वन्द्वमा संग्लन नभएका द्वन्द्वपीडित




असोज ५, सर्खेत । कालीकोट तिलागुफा नगरपालिका-२ भाटपानीका आनन्द पाण्डे न माओवादी जनयुद्धमा संग्लन थिए न नेपाली सेना वा सरकारी पक्ष । उनी घाइते हुँदा न माओवादीले जनयुद्ध गरिरहेको थियो न नेपाली सेनाले माओवादीविरूद्ध कारबाही । तर, उनी २०६७ साल असार २ गते स्कुलबाट घर फर्किएर मकैबारी खन्ने क्रममा द्वन्द्वका बेला छाडिएको बम विष्फोटनमा परेर घाइते भए ।

११ वर्षको उमेरमा नै उनी घाइते हुन पुगे । अहिले उनको दुवै आँखाको ज्योति गुमेको छ । दुवै आँखाको ज्योति गुमेका पाण्डेलाई न राज्य पक्षले हेरेको छ न तत्कालीन विद्रोही माओवादीले नै । ‘मेरो घटना सशस्त्र द्वन्द्वको समय ९विसं।२०५२/६३० मा नभए पनि त्यसैको कारणले भएको हो’, पाण्डे भन्छन्, ‘त्यो बम त त्यही बेला छाडिएको हो नि रु तर, सरकारी कुनै निकायले हेरेको छैन ।’

त्यसबेलाका द्वन्द्वरत पक्ष पटकपटक सरकारमा गए पनि उनीहरूले आफूहरू जस्ता अपाङ्गता भएका नागरिकहरूको समस्या नसुल्झाएको पाण्डेले बताए । ‘त्यो बेलाका दुवै पक्ष पटकपटक सरकारमा गएका छन्’, उनले भने, ‘तर, अहिलेसम्म पनि हाम्रो समस्या बुझेका छैनन् ।’

त्यस्तै, म्याग्दीको बेनी नगरपालिकाका ३२ वर्षीया सुरेन्द्र खत्रीले गाउँ नजिकैको जंगलमा बाख्रा चराउन गएको बेला २०६३ साल असार १२ गते जंगलमा छाडिएको विष्फोटक पदार्थ खेलाउँदा दुबै हात गुमाए ।

‘जंगलमा प्लाष्टिकमा बेरेको अवस्थामा एउटा वस्तु भेट्टाए । भित्र के होला भनेर खोल्दा मेरा दुवै हात गुम्नुका साथै शरीर क्षतविक्षत भयो’, खत्री सम्झन्छन्, ‘म न द्वन्द्वमा संग्लन भएको थिए, न त कुनै पक्षले त्यो बेला द्वन्द्व गरिरहेको थियो । तर, म अपाङ्ग हुनुको कारण त्यही द्वन्द्व थियो ।’

वि.सं.२०६३ मंसिर ५ मा तत्कालीन विद्रोही पक्ष र सरकारबीच शान्ति सम्झौता भयो । देशमा शान्ति र संविधान आइसकेको छ । दशवर्षे ‘जनयुद्ध’ का क्रममा दण्डहीनताले सीमा नाघेको थियो । देशमा नयाँ संविधान आएको भए पनि द्वन्द्वपछि तत्कालीन माओवादी विद्रोही र राज्यबाट अलपत्र पारेर छाडिएका बम तथा अन्य हातहतियारबाट घाइते तथा अपाङ्ग बनेकाले अहिलेसम्म पनि समस्या भोगिरहेका छन् । उनीहरूले उपचार तथा क्षतिपूर्ति पनि पाउन सकेका छैनन् ।

तत्कालीन समयमा कुनै पनि पक्षमा नभएका उनीहरू अहिले द्वन्द्वमा संग्लन पक्षहरू सत्तामा हुँदा कसैले चासो नदिएका कारणले समस्यामा परेका हुन् ।

द्वन्द्वमा संग्लन नभएका तर, त्यही कारणले अपाङ्गताका भएका नागरिकहरूले हक अधिकारका लागि र उनीहरूको जीवनयापनमा सुधार ल्याउनका लागि उनीको औषधिउपचारका लागि आफ्नै पहलमा २०७५ सालमा द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल गठन गरिएको खत्रीले जानकारी दिए ।

‘यस्ता समस्या भएका नागरिकहरूको समस्या समधानका लागि द्वन्द्वपीडितका सवाल उजागर गर्नका लागि सञ्जालको गठन गरिएको हो’, उनले भने, ‘अहिले हामी द्वन्द्वपीडित अपाङ्गताका सवालमा कुरा उठाइरहेको छौं ।’

१० वर्षे जनयुद्ध समयमा हजारौ नागरिकह अपांग बन्न पुगेको र त्यसपछि द्वन्द्वमा छाडिएका हातहतियार तथा बिष्फोटक पदार्थबाट अन्य धेरै नागरिक अंगभंग बन्न पुगेका छन् । अहिले खाना बस्न तथा औषधि उपचारमा समस्या भएको अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले बताए ।

‘गाँस, बास, कपास र आधारभूत आवश्यकताका लड्नु परेको छ’, उनले भने, ‘द्वन्द्वका कारणले अपाङ्गताका भएका नागरिकहरूले अहिलेसम्म सरकारले द्वन्द्वपीडितका लागि उपलब्ध गराएको अन्तरिम राहतसम्म पाउन सकेका छैनन् ।’

कोरोना महामारीकालमा द्वन्द्वका कारणले अपांगता भएका नागरिकहरू झनै समस्यामा परेको द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष खत्रीले बताए । ‘५५ प्रतिशतले दैनिक नियमित औषधि खान पाएनन् । ५५ प्रतिशतले नै आर्थिक समस्या झेले’, उनले भने, ‘द्वन्द्वमा अपाङ्गता भएकाहरूले नियमित औषधि खानुपर्ने बाध्यता छ । औषधि पनि नपाएका कारणले समस्या भएको छ ।’

मलाई किन गोली हानियो थाहा छैन

रूकुमपश्चिम बाँफीकोट नगरपालिकाका प्रेमकुमारी विक ११ वर्षको उमेरमा गोली लागेर खट्टा नचल्ने भएकी छन् । तत्कालीन माओवादीले विद्रोह गरिरहेका बेला उनी सपरिवार घरबाट बाँके आउने क्रममा खुट्टामा गोली लागेको हो ।

उनलाई कसले र किन गोली हान्यो भन्ने कुरा अहिले पनि थाहा छैन । ‘खै के कारणले मेरो खुट्टामा गोली हानियो रु’, उनले भनिन्, ‘मेरो खुट्टामा लागेको गोलीले अहिले अपांग बनेकी छु ।’

२०५६ सालमा आफ्नो दाइको माओवादीले हत्या गरेपछि आफूहरू त्यहाँ बस्न नसक्ने भए पछि भागेर आउँदै गर्दा माओवादीले हानेको गोली लागेर आफू घाइते भएको उनको भनाई छ । तर यो घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

परिचय पत्रसमेत पाइएन

​सुर्खेत लेकबेसी नगरपालिका(४ का गोपी खत्री र तुलबहादुर गमडामगरलाई तत्कालीन शाही नेपाली सेनाले २०५९ साल माघ ९ गते नियन्त्रणमा लियो । सेनाले नियन्त्रणमा लिएर १ महिना बेपत्ता बनायो । त्यही समयमा खत्री र मगरलाई तत्कालीन शाही नेपाली सेनाले चरम यातना दियो । यातनाका कारणले उनीहरू अपांग बने ।
यातनाका कारणले औषधि उपचार गरिरहनुपर्छ । औषधि उपचार तथा अपांगता भएका कारणले समस्या भएको र परिचयपत्र समेत पाउन नसकेको लेकबेसी नगरपालिका-४, सुर्खेतका गोपी खत्रीले बताए ।

‘हामी कुनै पक्षमा संग्लन थिएनौं । तर, कुनै न कुनै रूपमा द्वन्द्वपीडित भयौं’, उनले भने, ‘तर, राज्यले दिने सेवा सुविधा नै पाएका छैनौं । एउटा परिचय पत्रसमेत पाउन सकेनौं ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको