५ कार्तिक २०७८, शुक्रबार

सदस्यता विवादः कर्णालीका डोल्पा र सुर्खेतमा अझै हुन सकेन कांग्रेसको वडा अधिवेशन



असोज ५, सुर्खेत । कर्णालीका १० जिल्लामध्ये नेपाली कांग्रेसको डोल्पा र सुर्खेेत जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सल्यान र रुकुमपश्चिममा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

डोल्पा र सुर्खेतमा भने सदस्यता विवादका कारणले वडा अधिवेशन हुन सकेका छैनन् ।

डोल्पामा पार्टी सभापति अंगदबहादुर बुढाले राप्रपाबाट सिंगो पार्टी परित्याग गरि नेपाली कांग्रेसमा समायोजन भएका केन्द्रीय सदस्य कर्ण बुढाले एकलौटी क्रियासिल सदस्य दिएको बिरोधमा गदै आएका कारणले वडा अधिवेशन हुन सकेको छैन् ।

सुर्खेतमा अखण्ड पार्टीबाट आएका एक जनाले बढी क्रियासिल बनाएको भन्दै विवाद हुँदै आएको छ ।

सदस्यता विवादका कारणले सुर्खेतमा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टी भित्रको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको पार्टी सदस्यता विवादका कारणले सुर्खे जिल्लामा वडा अधिवेशन अनिश्चित बनेको हो ।

सुर्खेत जिल्लाका ९९ वटा वडा छन् । तीमध्ये केहीमा प्रतिनीधि चयन भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए । ‘दोस्रो चरणमा तोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन छैन,’ उनले भने,‘सदस्यता विवाद अझैँ कायम रहेका कारणले वडा अधिवेशन लम्बिएको हो ।’

सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३, ६, ८ र ११ का सदस्यता विवाद कारणले वडा अधिवेशन हुन नसकेको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ । यी चार वडामा ७ सय ६ जनाको नयाँ क्रियाशील सदस्यता थपिएका कारणले पौडेल पक्षले बिरोध गर्दै आएको छ ।

चुनावमा ३२ मत क्रियासिल सदस्य १९९ !
विस.२०७० सालको संबिधानसभाको निर्वाचनमा सुर्खेतका एक उम्मेदवार ३२ मत ल्याएका थिए । अखण्ड नेपाल पार्टी उम्मेदवार भएका एक सदस्यले चुनावमा ३२ मत ल्याएको पछि कांग्रेसमा आउँदा १९९ जनालाई क्रियासिल सदस्य दिएको भन्दै पौडेल पक्षले बिरोध गर्दै आएको छ ।

केन्द्रबाट एकलौटी ढंगले अखण्ड नेपाल पार्टीबाट आएका १ सय ९९ जनालाई क्रियाशील सदस्यता दिने परिपत्र गरेपछि आफूहरुले यसमा विरोध गरेको नेपाली कांग्रेस सुर्खेतका सभापति तथा पौडेल पक्षका नेता रेग्मीले बताए । ‘चुनावमा ३२ मत ल्याएको पार्टीलाई केन्द्रले १९९ नयाँ क्रियासिल सदस्य कसरी दियो ?’ उनले भने,‘यसैमा हाम्रो गम्भीर प्रश्न रहेको छ ।’

डोल्पाको विवाद मिल्यो
डोल्पा जिल्लामा पनि कांग्रेसका क्रियासिल सदस्यता वितवरणमा विवाद हुँदा वडा अधिवेशन हुन सकेको थिएन् । डोल्पामा पनि कांग्रेस सभापति देउवा र पौडेल पक्षले आफ्ना सदस्यता बढी राखेको भन्दै विवाद भएको थियो ।

नेताहरु कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. मीनेन्द्र रिजाल सदस्य रहेको कार्यदलले विवाद टुंगो लगाएको छ । सोमबार साँझ डोल्पाको विवाद टुंगो लागेको हो ।
डोल्पाका पार्टी सभापति अंगतकुमार बुढाले अवैधानिक किसिमले क्रियासिल सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै केन्द्रीय सदस्य कर्ण बुढा र पुर्व पार्टी सभापति टंकप्रसाद उपाध्यायलगाएतका बिरोध गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको