२ कार्तिक २०७८, मंगलवार

नेपाली कांग्रेसको महाधिवेनः कालिकोटमा उम्मेदवारी घोषणा गर्ने बढे




असोज ४, सुर्खेत ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशनको रौनक सबैतिर छ । नेतृत्वमा को पुग्ने भन्ने प्रतिस्पर्धाले गाँउ नगरमा सरगर्मी बढ्दो छ । धेरैजसो जिल्लाका वडा अधिबेशन सम्पन्न भइसकेका छन् । केहीको बाँकी छन् र गर्ने तयारी भइरहेको छ । नगरको अधिवेशन असोज ९ गतेलाई तोकिएको छ ।

वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसको नेतृत्व कसले गर्ने भन्ने चुनावी प्रतिस्पर्धा मात्रै चलेको छैन कांग्रेसलाई कस्तो बनाउने भन्ने नीतिगत बहस समेत भइरहेको छ ।

त्यही मौकामा कालिकोटमा उम्मेदवारीको घोषणा गर्ने बढेका छन् । कालिकोटमा जिल्ला पदाधिकारीका लागि घोषणा गर्ने बढेका हुन् ।

कालिकोटका आगामी महाधिवेशनमा जिल्ला असोज १५ गते हुने निर्वाचका लागि सभापतिका हर्षबहादुर बम, मोतीराज बम, दमन शाही, अम्मबहादुर शाही र तिलागुफा नगरपालिका उपमेयरमा पराजित शंकर उपाध्याय न्यौपानेले घोषणा गरिसकेका छन् ।

त्यस्तै, उपसभापतिका लागि मीनबहादुर बोगटी, कालीबहादुर बिष्टले उम्मेदवारीको घोषणा गरेका छन् ।

कालीबहादुर बिष्टले उम्मेदवारीको घोषणा गर्दै ‘२०५५साल फाल्गुन ६ गते तत्कालिन माओवादीहरुले गाउ छोडेर गैहाल भनि धम्की दिएकाले घर छोडी जिल्ला सदरमुकाममा बिस्थापित भै बस्न बाध्ये भएको र २३ बर्षसम्म ब्यक्तिगत काम नगरि निरन्तर पार्टीको काम मात्र गरेको छु ।’ उनले भने,‘त्यही आधारमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेको छु । तर, सहमतिका आधारमा नेतृत्व चयनमा मेरो बाधा हुने छैन् ।’

त्यस्तै, सचिवका पदका लागि युवा नेता नगेन्द्र बिष्ट, जगत बिष्ट, भरत मल्ल, नवराज बमलगाएकाले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।

सहसचिवमा नरेश बमलगाएतका नेता कार्यक्रताले उम्मेदवारीको घोषणा गरेका छन् ।

कालिकोटका जसले उम्मेदवारी घोषणा गरेपछि शेरबहादुर देउवा र रामचन्द्र प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेस जिल्ला सचिव नगेन्द्र बिष्टका अनुसार आगामी हुने ७ औं जिल्ला अधिवेशनमा धेरैले जिल्लाको पदाधिकारीका आंकाक्षा गरेको भएपनि टिमबाट कसले टिकट पाउँछ उसैले उम्मेदवारी हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको