५ कार्तिक २०७८, शुक्रबार

प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते बस्ने




असोज ४, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । अर्को बैठक आगामी असोज ७ गते दिउँसो २ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो । यद्यपि एमालेको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कामकारबाही अघि बढाए ।

एमालेको अवरोधकाबीच विनियोजन विद्येयक बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरेका छन् । एमाले नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको आर्थिक वर्ष २०७८र७९ को बजेटलाई देउवा नेतृत्वको गठबन्धन सरकारले प्रतिस्थापन विधेयकमार्फत परिमार्जित बजेट पेस गरेको थियो ।

विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल सुरु गराएका थिए ।

त्यस्तै आजै आर्थिक विधेयक पनि पारित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको