२ कार्तिक २०७८, मंगलवार

दशैं अगावै गुण एयरलाइन्सले काठमाडौं सुर्खेत हवाई उडान गर्ने तयारी





सुर्खेत, ३ असोज । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैं अगावै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्ने तयारी थालेको छ । भर्खरै सञ्चालनमा आएको नीजि वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशै अगावै सुर्खेत–काठमाडौं हवाई सेवा सञ्चालन गर्ने तयारी थाले हो ।

देशका पाँच ओटा गन्तव्यमा उडान भर्नेगरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए । ‘एयरलाइन्ससँग हाल पाँच ओटा जेट इन्जिन र दुई ओटा ट्वीअटर जहाज छन् ।’ उनले भने,‘सुरुवाती उडान सुर्खेत, पोखरा, भरतपुर, चितवन, भैरहवा र नेपालगञ्ज उडान भर्ने योजना छ ।’

नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लगिसकेकोले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘हाम्रो लक्ष्य भनेकै ग्राहकहरुलाई सस्तोमा भाडादर कायम गरेर सेवा प्रवाह गर्नु हो ।,’ थापाले भने, ‘यसैपनि कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो, काठमाडौं आएका पर्यटकलाई सिँधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स मजवत बनेर जुट्दैछ । यसले कर्णालीको पर्यटनलाई चिनाउन थप सहयोग पुग्नेछ ।’

सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एक ओटा हुने थापाले जानकारी दिए ।

यसभन्दा अघि सुर्खेत–काठमाडौंका लागि बुद्ध एयरले मात्र उडान भर्दै आएको थियो । नीजि क्षेत्रको विमान कम्पनी बुद्ध एयरलाइन्सले मात्र सुर्खेत उडान भर्ने गरेकोमा अब गुण एयरलाइन्सले उडान भरेमा दुई कम्पनीले सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेतको उडान भर्नेछन् ।

दुई विमान कम्पनीले उडान भरेमा सुर्खेतबाट काठमाडौं र काठमाडौंबाट सुर्खेतको हवाई भाडा सस्तो हुने कर्णालीबासीले विश्वास गरेका छन् ।

बुद्धले हाल सुर्खेत काठमाडौं उडान भाडा प्रति यात्रु दैनिक ८ हजार १२५, नौ हजार १२५ र ११ हजार कायम गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको