५ कार्तिक २०७८, शुक्रबार

संबिधान दिवसको अवसरमा तीनवटा विवाह गर्ने वडा अध्यक्षले पाए आम माफी





असोज ३, सुर्खेत । संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले आम माफी पाएका छन् । तीन वटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्षसहित कान्छी श्रीमती आम माफी पाएका हुन् ।

बहुबिवाह गरेको आरोपमा वडा अध्यक्ष इन्द्रबहादुर कुमाईलाई २०७७ मंसिर २० गते दाङ जिल्ला पक्राउ गरेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेका थिए ।

वडा अध्यक्षलाई अर्काको श्रीमती भगाएर तेस्रो बिवाह गरेका थिए । वडाध्यक्ष कुमाइले तेस्रो बिवाह गरेकी महिला ग्वामी विष्टलाई समेत आम माफी पाएकी छन् ।

बहुबिवाह गरेको वडा अध्यक्षका दम्पतीसहित सात जनालाई माफी दिइएको छ ।

संविधान दिवसको अवसरमा असल चालचलन भएका ७ जनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ ।

संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ । कैद मिनाहा हुनेमा ६ पुरुष र १ महिला रहेको जिल्ला कारागार सल्यानले जनाएको छ ।

माफी पाउनेमा बहुविवाहका ५, कर्तव्य ज्यानका १ र हातहतियार मुद्धाका १ रहेको जेलर बलबहादुर केसीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको