५ कार्तिक २०७८, शुक्रबार

संविधान दिवसका अवसरमा विभूषण : सुरक्षा निकायका २२१ जनालाई विभिन्न पदक




सोज ३, काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न पदक प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार पदक प्रदान गरेकी छन् ।

नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी ६ र सुप्रसिद्ध प्रबल जनसेवाश्री ४ जनालाई प्रदान गरिएको छ । यसैगरी उज्जवल कीर्तिमय राष्ट्रदीप १ जना र प्रसिद्ध प्रबल जनसेवाश्री ३९ जनालाई प्रदान गरिएको छ ।

नेपाल रत्न पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिएको छ भने मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ ।

यसैगरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरिएको छ ।

सुरक्षा निकायलाई कति ?

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत २९ भदौमा मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न विभूषण प्रदान गरेकी हुन् । सरकाले प्रदान गरेको विभिन्न पदकमध्ये करिब एक तिहाइको हाराहारीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई प्रदान गरेको छ ।

तीनवटै सुरक्षा निकायका गरी २२१ जना सुरक्षाकर्मीलाई विभिन्न पदक प्रदान गरिएको छ । यसमा सबै भन्दा नेपाल प्रहरीलाई १२२ वटा विभिन्न खाले पदक प्रदान गरिएको छ ।

त्यसपछिको दोस्रो नम्बरमा नेपाली सेनालाई ५५ वटा बिभिन्न खाले पदक दिइएको छ भने तेस्रो नम्बरमा सशस्त्र प्रहरीलाई कुल ४४ वटा मात्रै विभिन्न खाले पदक दिइएको हो ।

प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रबल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको