२ कार्तिक २०७८, मंगलवार

जनयुद्धकालमा मारिएका माओवादीका दुई कमाण्डर विष्ट र विकलाई जनसेवाश्री पदक



असोज ३, सुर्खेत । माओवादी जनयुद्धकालमा मारिएका माओवादीका कमाण्डर कालिकोट नरहरिनाथ गाउँपालिकाका कमलबहादुर बिष्ट(बहुवीर) र क. अमरबहादुर किक(योद्धा)जनसेवाश्री पदकद्वारा विभुषित गरिएको छ । सातौं संविधान दिवसका अवसरमा कालिकोट नरहरिनाथ गाउँपालिका–८ का बिष्ट र वडा नं. ६ का बिकलाई जनसेवाश्री पदकबाट सम्मान गरिएको हो ।

को हुन् विष्ट र विक

२०५२ सालमा माओवादी जनयुद्ध शुरु गर्दा शुरुमा आन्दोलनमा होमिएका हुन् । माओवादी जनयुद्धमा शुरु हुँदा दुवै जनाले एसएलसीसम्मको अध्यायन गरेका थिए । विक विल्वप नेतृत्व नेता खड्कबहादुर विश्वकर्माका भाई हुन् ।

दुवै जना माओवादीका सहायक बिग्रेड सहायक–कमाण्डर रहेका उनीहरु २०६० चैत्र ७ मा माओवादीले बेनी आक्रमण गर्दा मारिएका थिए ।

उनीहरुका नाममा माओवादीले बहुविर योद्धा नामको बिग्रेड पनि गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको