३१ आश्विन २०७८, आईतवार

भरतमणि बने कमेडी च्याम्पियन सिजन–२ को विजेता



२ असोज, काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता ताप्लेजुङका भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर उनी विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र २५ लाख रुपैयाँ नगद प्राप्त गरे ।

त्यस्तै फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए । उनले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन् । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे ।

भरतमणिले पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चित भएको थियो । सोही प्रस्तुतिका करण भरतमणि ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए ।

भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका थिए ।

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको