२ कार्तिक २०७८, मंगलवार

रिता भण्डारीको पहिलो गीत ‘तिम्रो काखमा’ सार्वजनिक (भिडियो सहित)



१ असोज, काठमाडौं । रिता भण्डारीको पहिलो गीत ‘तिम्रो काखमा’ सार्वजनिक भएको छ । मिडिया पिक्चर्स नेपालको व्यानरमा निर्माण भएको गितको शब्द रिता भण्डारीको रहेको छ भने स्वर कुशलराज खड्काको रहेको छ ।

उक्त गीतमा लामो समय देखि मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएका मोडल गणेश हमाल र गरिमा शर्माले अभिनय गरेका छन् । ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानलबाट सार्वजनिक भएको गितलाई युट्युव तथा टिकटकमा धेरै दर्शकहरुले रुचाएका छन् ।

गीतमा एउटा प्रेमी, प्रेमीका बीचको मायालाई शब्द र संगितमार्फत् व्यक्त गर्न खोजिएको छ । संयोन श्रेष्ठले निर्देशन गरेको यस गीमा अनिल रानाले सम्पादन गरेका छन् ।

गीतका सन्दर्भमा सर्जक रिता भण्डारीले भन्छन्, ‘मेरो एउटा भित्री चाहाना पूरा भएको छ । आज धेरै पहिले गरेको आफै सँगको मेरो प्रतिवद्धतालाई पूरा गर्ने जमर्को गरेको छु । यसलाई मैले मेरो आफ्नो जीवनको आत्मसन्तुष्टिको लागि, मेरा शब्दहरूलाई समेटेर दर्शक, स्रोताहरू माझ पस्केको छु । यस काममा साथ दिने मेरो सम्पुर्ण साथीहरु, मेरो परिवार र मेरो ग्रुपलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

भिडियो:


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको