३१ आश्विन २०७८, आईतवार

८५ रुपैयाँ एक छाक खाना !




असोज १, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ को यरीचोकमा ८५ रुपैयाँमा एक छाक साधा खाना पाइने गरेको छ । ९ जना युवाहरु मिलेर खोलिएको कर्णाली खाना खाजा घरले ८५ रुपैयाँमा एक छाक खाना खुवाउने गरेको हो ।

युवा वीरेन्द्रबहादुर केसी, कालीबहादुर बुढा र रत्न बुढालगाएतका ९ जना युवाहरु मिलेर ‘खाना जीवन हो, माया हजुरको’ नाराका साथ कर्णाली खाना खाजा घर खोलेका हुन् ।

कोरोना महामारीका कारणले रोजगारी गुमेका कारणले सबै जनाले महङ्गो खाना खान नसक्ने अवस्था आएका कारणले आफुहरुले ८५ रुपैयाँमा खाना खुवाउने गरेर खाना र खाजा घर सञ्चालन गरेको सञ्चालक समितिका प्रमुख वीरेन्द्र केसीले जानकारी दिए । ‘कोरोना महामारीका कारणले कयौंको रोजगारी गुमेका छ । सबैले महङ्गो खाना खान सक्ने अवस्था छैन् ।’ उनले भने‘अहिले अवस्थामा रोजगारी गुमाएका बेरोजगारहरुलाई लक्षित गरेर खाना र खाजा घर खोलेका हौं ।’

एक छाक खानाको ८५ रुपैयाँ र दिउँसोको खाजा ५० रुपैयाँमा नै खुवाउने गरेको सञ्चालक केसीले जानकारी दिए । ‘हामीले शुद्ध शाकाहारी खाना तथा खाजा खुवाउँछौं ।’ उनले भने,‘खानामा दात, भात, तरकारी चटनी हो । नास्तामा रोटी, तरकारी, पुरी खुवाउँछौं ।’

१० लाख लगानीमा शुरु गरिएको खाना खाजा घरमा भोका कोही नरहुन भन्ने लक्ष्यका साथ खाना तथा खाजा घर खोलिएको केसीले बताए । ‘हामीले सडक बालबालिका, असाहय र विपन्न समुदायलाई निःशुल्क खुवाउने गरेका छौं ।’ उनले भने,‘अन्यबाट भने हामीले खाना ८५ रुपैयाँ र खाजाको ५० रुपैयाँ लिने गरेका छौं ।’

हामीले त्यो रुपैयाँ घरभाडा, कर्मचारीको तलवका लागि लगिएको केसीले जानकारी दिए । ‘हाम्रो कुनै व्यवसाय गरेर नाफा कमाउने उद्देश्य हाम्रो हैन् ।’ उनले भने,‘घरभाडा र कर्मचारीको तलव खुवाउन यो पैसा लगिएको हो ।’

यही भदौ २० गते खोलिएको खाना खाजा घरमा अहिले दैनिक ५० जनाले खाना तथा खाजा खाने गरेको त्यसको १ प्रतिशत रकम बचत गरेर सडक बालबालिका, असाहय र विपन्न समुदायलाई खाना तथा खाजा निःशुल्क खुवाउँदै आएको अर्का सञ्चालक कालीबहादुर बुढाले बताए ।

सस्तोमा खाना खाजा घर खोल्नका लागि धन सार्की (कालिकोट), राधेश्याम खड्का(काठमाडौं) अनमिका अर्याल(काठमाडौं), सुर्य खत्री (सुर्खेत) र मिलन बोगटी(कालिकोट)ले हौसला दिएको सञ्चालक केसीले जानकारी दिए ।

कुनै दाताले सहयोग गरे निःशुल्क खुवाउने

आफुहरुलाई सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरे निःशुल्क खाना खाजा खुवाउने सञ्चालक केसीले जानकारी दिए । ‘अहिले हामीले व्यक्तिगत लगानीमा सुर्खेतकै सस्तो मुल्यमा खाना तथा खाजा खुवाइरहेका छौं । नाफा कमाउने हाम्रो उद्देश्य हैन् ।’ उनले भने,‘सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सहयोग भए निःशुल्क खाना खुवाउन सक्छौं ।’

८५ रुपैयाँ खानाबाट आउने रकम अहिले घरभाडा, कर्मचारीको तलव, पानी बिजुली वक्ति र खाद्यान्न खरीदमा खर्च हुने गरेको सञ्चालक रत्न बुढाले बताए ।

सरकारी तथा गैरसरकारी संस्थाहरुले सस्तोमा खाना खुवाएको प्रसशा गरिरहेको र केही सहयोग गर्ने प्रतिवद्धता गरेको बुढाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको