३ कार्तिक २०७८, बुधबार

सेनामा खुल्यो जागिर, उपचारीकादेखि पुजारीसम्म माग




भदौ ३१, काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सूचना निकालेर चार सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ ।

सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पुजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो ।

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको