५ कार्तिक २०७८, शुक्रबार

प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने




भदौ २५, काठमाडौं । देउवा सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदबाट पारित नभएपछि बुधबारदेखि मुलुक बजेटविहीन भएको छ । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा परिमार्जन गर्न प्रतिस्थापन विद्येयक अर्थमन्त्री जर्नादन शर्मा ल्याएका थिए ।

बुधबार रातिबाट ओली सरकारले ल्याएको बजेट अध्यादेश निष्क्रिय हुँदैछ ।

एक साता देश बजेटविहीन हुँदैछ ।

बजेटविहीन भएपछि सरकारको नियमित खर्च रोकिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ५–७ दिन खर्च रोकिन सक्ने बताइसकेका छन् ।

पूर्वअर्थसचिव शान्तराज सुवेदी बजेट टुंगो नलाग्दा सबै सरकारी कार्यालयको खर्च बन्द गर्नुपर्ने अवस्था आउने बताउँछन् । उनका अनुसार देशको कार्यकारी प्रमुखको तलबदेखि जेलको कैदीबन्दीसम्मको खर्च रोकिनेछ ।

संघीय सरकारको खर्च रोकिँदा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको तलब भत्ता, कर्मचारीको तलब भत्ता तथा कैदीबन्दीहरूको सिदासम्म रोकिन्छ ।

प्रतिस्थापन विधेयकमाथि छलफल गर्न संसद् बैठक ४ असोजमा बोलाइएको छ । छलफलपछि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पनि पारित हुनुपर्छ । अनिमात्रै देशमा बजेट लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको