५ कार्तिक २०७८, शुक्रबार

बिग्रेको कार्यकर्ता होइन, माथि आएका नेता होः प्रचण्ड




भदौ ३०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनर्निर्माण गर्न जरुरी भएको बताएका छन् । पोष्टबहादुर बोगटी दिवाकरको सातौँ स्मृति दिवसमा बोल्दै नेकपा माओवादी केन्द्र देशको विशाल पार्टी भएको र यसको तुलना अरूसँग हुन नसक्ने दाबी गरे । क्रान्ति र आन्दोलन भनेपछि लाखौँको संख्यामा सडकमा आउन तयार जनता र कार्यकर्ता अहिले पनि रहेको उनको भनाइ छ । केपी ओलीको प्रतिगमनको विरोधमा सडकमा आएका जनताले त्यो पुष्टि गरेको प्रचण्डले प्रस्ट पारे ।

दिवाकरको सरलता र नैतिकताबाट पार्टीका नेता–कार्यकर्ताले शिक्षा लिनुपर्ने उनको भनाइ थियो । तल्लो तहका कार्यकर्तामा उत्साह रहेको बताउँदै उनले माथिल्लो तहका नेताहरू बिग्रेको आरोप लगाए ।

‘बिग्रेको हामी माथि आएका नेता हो, कार्यकर्ता होइन । गुट गर्दै हिँड्न रमाउने माथिकै नेता हो,’ उनले भने, ‘संगठन र त्यागको तागत यही पार्टीमा छ । आफूलाई बदल्न जरुरी छ ।’

उनले संविधान संशोधन आवश्यक रहेको बताए । आफू प्रधानमन्त्री हुँदा संशोधन प्रस्ताव दर्ता गराएको पनि पनि उनले उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको