१ आश्विन २०७८, शुक्रबार

सर्वोच्च अदालतको आदेश, एमाले सांसद पाण्डे र भट्टले नेकपा(एकिकृत समाजवादी) रोज्न पाउने




भदौ २९, काठमाडौं । नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा(एकिकृत समाजवादी) रोज्न पाउने गरि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले सो अदोश दिएको हो ।

पाण्डे र भट्टले आफूहरू नेकपा (एकिकृत समाजवादी)मा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गरेका थिए । अदालतले निवेदकले नेकपा (एकिकृत समाजवादी)मा आबद्ध हुने गरी भदौ ८ गते निर्वाचन आयोगमाा निवदेन गरि दिएको भन्दै उनीहरूलाई दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही गर्न नगराउन आदेश अन्तरिम आदेश दिएको हो ।

पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने भट्ट राष्ट्रियसभा सदस्य हुन् । अब प्रतिनिधिसभामा एमाले ९८ सिटमा घटेको छ भने राष्ट्रियसभामा २५ सिटमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको