१ आश्विन २०७८, शुक्रबार

दैलेखमा शिक्षकको बिभत्स शव फेला




भदौ २५, सुर्खेत । दैलेखमा एक जना शिक्षक बिभत्स हत्या भएको छ । गुराँस गाउँपालिका–७ छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।

४१ वर्षीय बिसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउने गरेका थिए ।

मंगलबार बिहान दुध पु¥याउन आएका स्थानीयहरुले स्कुलको बराण्डामा शव देखेपछि प्रहरीलाई खवर गरेको थिए ।

शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । ‘घटनाबारेमा प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ’, उनले भने, ‘केही समयपछि घटनाबारे थप जानकारी हुनेछ ।

बिसिको हत्या भएको हुनसक्ने बताए । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको