१ आश्विन २०७८, शुक्रबार

कालिकोटका ८२ वडामध्ये कर्णालीका मुख्यमन्त्री शाहीको वडा मात्र महिला सभापति चुनिइन्




भदौ, २५ सुर्खेत । कालिकोट नौ स्थानीय तहमा रहेको ८२ वडामध्ये एउटा वडामा मात्र कांग्रेसको महिला सभापति निर्वाचित भएकी छन् । कालिकोटका पचालझरना गाउँपालिका–९ मा वडा सभापति २८ वर्षीया विमला शाही भएकी हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको वडा त्यही छ ।

नेपाली काग्रेस जिल्ला सभापतिका आंकाक्षी तथा युवा नेता मोतीराज बमले कालिकोटको एकमात्र महिला वडा सभापति मात्र नभएर र मुख्यमन्त्री शाहीको लागि कडा चुनौती भएको बताए । ‘उहाँ कालिकोटको एक मात्र महिला वडा सभापति होइनन् । एक कडा चुनौती हुन् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका लागि ।’ उनले भने,‘अनि भरोसा हुन् । महिला सशक्तीकरणका लागि । उज्ज्वल भबिश्य हुन् काग्रेस संगठनका लागि ।’

जिल्ला भरी ४० प्रतिशत युवाहरु ४० वर्ष मुनिका वडा सभापति, काँकी ६० प्रतिशत वडा सभापति ४० वर्षदेखि माथि ५५ वर्ष उमेर समुहका निर्वाचित भएको कांग्रेसको दाबी रहेको छ । भदौ २२ गते एकै दिन वडा अधिवेशन सम्पन्न गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको