१ आश्विन २०७८, शुक्रबार

कर्णालीका ४३.८७ प्रतिशत घरधुरी विद्युतको पहुँचमा



भदौ, २८ सुर्खेत । कर्णालीका ४३.८७ प्रतिशत घरधुरी मात्र विद्युतको पहुँचमा पुगेका छन् । अझैँ पनि कर्णाली प्रदेशका ५६.१३ प्रतिशत घरधुरी विद्युतको पहुँच बाहिर रहेका छन् ।

नेपाल विद्यत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका अनुसार कर्णाली प्रदेशको सबैभन्दा बढी विद्युतको पहुँच रुकुमपश्चिममा रहेको छ । यहाँका ७५.२ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ ।

सल्यानमा ५२.८८ प्रतिशत, सुर्खेतमा ४८.१६ प्रतिशत, दैलेखमा ४८.७३ प्रतिशत, जाजरकोटमा १६.१५, डोल्पामा २१.९ प्रतिशत, जुम्लामा १९.३ प्रतिशत, कालिकोटमा ४३.५७ प्रतिशत, मुगुमा १९.६४ प्रतिशत र हुम्लामा २९.६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छ ।

तिन जिल्लामा अझैँ पुगेन राष्ट्रिय प्रसारण लाइन

कर्णालीका १० जिल्लामध्ये अझैँ पनि तीन जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । पछिल्लो समय कर्णालीका कालिकोट र जुम्ला राष्ट्रिय प्रसारण जोडिएका छन् । विद्युत प्राधिकरण प्रादेशिक कार्यालय कर्णाली प्रदेशका अनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालिकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । कर्णालीका मुगु, डोल्पा र हुम्लामा लाइन जोडिएको छैन । हुम्ला, मुगुु र डोल्पामा ३३–११ केभिए सबस्टेसन र ३३ केभिए लाइन निर्माणाधीन छ ।

तथ्यांकअनुसार हुुम्लामा पाँच सय किलोवाट, मुगुमा पाँच किलोवाट, कालिकोटमा चार सय किलोवाट, जुम्ला एवं डोल्पामा २/२ सय किलोवाट र रुकुम पश्चिममा १२० किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको