देशभर ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७३६ डिस्चार्ज
२२ भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र मुलुकभर ९ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर विभिन्न प्रयोगशालमा भएको परिक्षणमा उल्लिखित संख्यामा सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज मात्रै काठमाडौं उपत्यकामा ३२६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आइतबार थपिएकासहित हालसम्म सङ्क्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । त्यस्तै देशका विभिन्न अस्पतालमा उपचाररत १७ सय ३६ जना कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ । हाल जम्मा सक्रिय सङ्क्रमितको संख्या १६ हजार २ सय ५९ रहेको प्रवक्ता डा. गौतमले बताएका छन् ।
आज देशभर ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो संख्यासहित मृतकको संख्या ३ सय पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ९ हजार २ सय १८ जनाको पिसिआर परिक्षण भएको छ । यो संख्यासहित ७ लाख ७७ हजार बढिको पिसिआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।