१ आश्विन २०७८, शुक्रबार

अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्थापन वजेटबाट ल्याएका मूख्य योजनाहरू



२५ भदौं, काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटका ठाउँमा शुक्रबार संसदमा प्रतिष्थापन बजेट ल्याएको छन् । उनले ल्याएका प्रतिष्थापन बजेटका मुख्य योजनाहरू यस्ता रहेका छन् ।

१) चालु खर्चतर्फ बैठक भत्ता, ईन्धन, मर्मत, गोष्ठी कार्यक्रम खर्च कटौंती गरी न्युनतम रू. ५ अर्ब बरावरको कोरोना खोप खरिद गर्ने ।
२) मृगौला प्रत्यारोपण गरेका, सबै क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च वापत मासिक रू. ५ हजारका दरले भत्ता दिने ।
३) राजनीतिक परिवर्तनको आन्दोलनमा वलिदान गर्ने परिवारको लागि जीवनवृत्ति वापत मासिक रू. ३ हजार प्रदान गर्ने ।
४) कोरोना प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई राहत स्वरुप एक पटकका लागि प्रति घर परिवार रू. १० हजारका दरले अनुदान दिने ।
५) किसानको कृषि बाली तथा पशु बीमा प्रिमियम अनुदानमा साविकको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत पुर्याउने ।
६) सहकारी संस्थाहरूले आफ्नो कुल ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने ।
७) बेरोजगार युवाहरूको विस्तृत लगत अध्यावधिक गरी एकीकृत अभिलेख तयार गरिने
८) सार्वजनिक निर्माण क्षेत्रको रू.१० करोडसम्मको लागत आयोजनामा श्रम समुह, श्रम सहकारीहरूले आपसी प्रतिस्पर्धामार्फत् सहभागी हुन पाउने ।
९) प्रत्येक पालिकामा कम्तीमा ५०० बेरोजगार युवालाई बाणिज्य बैंकमार्फत् सहुलियत कर्जा (ब्याज अनुदान) कार्यक्रम लागु गर्ने ।
१०) आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका १४०० टुक्रे सडक आयोजना औचित्यताको आधारमा खारेज वा स्थानीय तहमा हस्तान्तरण गर्ने ।
११) प्रत्येक प्रदेशमा कम्तिमा एउटा शैक्षिक उष्कृटता केन्द्र स्थापना गरिने।
१२) प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मको विद्यार्थीलाई “पढ्दै कमाउँदै कार्यक्रम” सबै प्रदेशका सुरुवात गर्ने ।
१३) शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्ने ।
१४) प्रत्येक वडामा “महिला पहिला कार्यक्रम” सञ्चालन गर्ने ।
१५) सबै प्रदेशमा व्यवस्थित आवास योजना विस्तार गर्ने ।
१६) सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड लागू गर्ने ।
१७) आन्तरिक ऋण तथा वैदेशिक ऋणको अंश करिव रू. ३७ अर्ब घटाइएको ।
१८) अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको