१ आश्विन २०७८, शुक्रबार

एलिना चौहानको ‘जुनको साथी तारा’ सार्वजनिक (भिडियोसहित)



२५ भाद्र, काठमाडौं । लोकप्रीय गायिका एलिना चौहान र हिमाल श्रेष्ठको नयाँ युगल गीत ‘जुनको साथी तारा’ सार्वजनिक भएको छ । बुधबार गोरेटो मिडिया युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द/संगीत भिम बिष्टले तयार पारेका हुन् । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको ‘जुनको साथी तारा’ ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा स्वयम गायिका एलिना चौहान र हिमाल श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।

राज पाखरेलको छायाँकन रहेको गीतको भिडियो निर्देशन र सम्पादन समेत टेकेन्द्र शाहले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको