५ कार्तिक २०७८, शुक्रबार

एमसीसी उपाध्यक्ष सुमारले भेटिन् प्रचण्डलाई



भदौ २५, काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् ।

प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तासीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न शुक्रबार बिहान खुमलटार पुगिन्।

फतिमाले बिहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार एमसीसीबारे दलहरूबीच विवाद रहेको भन्दै प्रचण्डले थप छलफलको आवश्यकता देखाएका थिए । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र सत्ता गठबन्धनमा रहेको दल हो ।

गठबन्धनमै रहेको अर्को दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पनि प्रचण्डको जस्तै जवाफ फातिमालाई हिजै दिइसकेका छन् । फातिमासँग भेटपछि प्रचण्ड प्रधानमन्त्री देउवाले राखेको गठबन्धन बैठकमा सहभागी हुन बालुवाटारतिर लागेका छन् । फातिमाले आजै अपरान्ह ४ बजे देउवासित भेट्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको