२ कार्तिक २०७८, मंगलवार

मलामी जान घर आउँदै गर्दा कालिकोटमा भीरबाट लडेर एक जना मृत्यु, एक जना घाइते




भदौ, २४ सुर्खेत । कालिकोटमा भीरबाट लडेर एक जना मृत्यु एक जना घाइते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका–९ लालुमा भीरबाट लडेर महारुप बि.क.को मृत्यु भएको छ भने सोही गाउँपालिका –८ का दुर्ग बि.क. गम्भीर घाइते भएका छन् ।

उनीहरु अछामको पंन्चदेवल बिनायक नगरपालिका–९ भाटगाउँमा घर बनाउने काम गर्दै आएका दुबै जना मलामी जानका लागि घर आउँदै गर्दा भीरबाट लडेर मृत्यु भएको स्थानीय शिक्षक निर्मलकुमार बिष्टले बताए । ‘गाउँमा भाउजु नाता पर्ने घाँसको भारीसँगै मृतक भेटिनुभएको थियो ।’ उनले भने,‘भाउजुको मलामी जानका लागि गाउँमा आउँदै गर्दा भीरबाट दुबै लडेर महारुपको घटनास्थलमा नै मृत्यु भएको र दुर्ग गम्भीर घाइते भएका हुन् ।’

गम्भीर घाइते भएका दुर्गको टाउको र अनुहारमा २४ टाँका लगाइएको आर्थिक अवस्था कमजोर भएका कारणले उपचारका लागि आर्थिक संकलन गरेर सुर्खेततर्फ ल्याउने तयारी भइरहेको शिक्षक बिष्टले जानकारी दिए ।

घाइते दुुर्ग बि.क.काे स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको