३ कार्तिक २०७८, बुधबार

तारा श्रीस र आर्यन तामाङ्गको पहिलो गीत युट्युव ट्रेन्डिङ्गमा (भिडियोसहित)



२४ भाद्र, काठमाडौं । भ्वोइस अफ नेपालका उत्कृष्ट प्रतिस्पर्धी तारा श्रीस मगर र आर्यन तामाङ्गको पहिलो गीत ‘मायाको चौघेरो’ युट्युव ट्रेन्डिङ्गमा परेको छ । गत शुक्रबार ‘जोसेफ शाही अफिसियल’ नयाँ युट्युव च्यानलमा सार्वजनिक गरिएको गीत ६ दिनमै युट्युव ट्रेन्डिङ्गमा परेको हो ।

सामान्य मिडिया प्रमोशन बाहेक कुनै पनि बुस्ट नगरिएको गीतलाई दर्शकले अत्याधिक माया गरेर ट्रेन्डिङ्गमा ल्याइदिदा खुशीले मन भरिएको मायाको चौघेरोका गीतकार/संगीतकार जोसेफ शाहीले बताए । उनले भने, ‘आफु इमान्दार भएर स्तरिय सिर्जना पस्किने हो भने बिना विज्ञापन पनि दर्शकको अथाह माया पाइने रहेछ । यो अपार मायाले अझ स्तरिय सिर्जना जन्माउने र कलाकारिता क्षेत्रमा संघर्ष गरिरहने हौसला मिलेको छ ।’

गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरियो यो गीतको ध्वनी सम्पादन किशोर थापाले गरेका हुन् ।

गीतको भिडियोमा पछिल्लो समयका बहुचर्चित मोडल सरोज राना प्रजा र बिना राउतको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । बिनालाई एकोहोरो पछ्याइरहेका सरोजले अन्त्यमा आफ्नो मायाको चौघेरोमा पार्न सफल भएको कहाँनी गीतको भिडियोमा समेटिएको छ । गीतको नृत्य निर्देशन समेत सरोजले नै गरेका हुन् ।

भिडियोमा भक्तपुर दरबार स्क्वाएरका विभिन्न झलकहरू देख्न सकिन्छ । बसन्त कुँवरको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

गीतको भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको