३ कार्तिक २०७८, बुधबार

१५ वर्षीय सिद्धार्थ तामाङ्ग: जसको कलाकारिता टिकटकमा हिट छ !



२३ भाद्र, काठमाडौं । प्रविधि र सामाजिक सञ्जालको उचित प्रयोग गर्न सकियो भने हामी आफ्ना क्षमतालाई सजिलै प्रस्फुटन गर्न सक्छौँ भन्ने गतिलो उदाहरण हुन् १५ वर्षीय सिद्धार्थ तामाङ्ग । भक्तपुरको पेप्सीकोलामा स्थायी बसोबास गर्ने सिद्धार्थ फेस पेन्टिङ्ग, नृत्य र अभिनय पनि गर्छन् ।

यति धेरै कलाकारिताका विधामा पोख्त सिद्धार्थले कुनै औपचारिक कक्षा भने लिएका छैनन् । युट्युवमा भिडियोहरू हेरेर, आफै अभ्यास गरेर फेस मेकअप, नृत्य र अभिनय सिकेको उनी बताउँछन् । कलाकारिताको सुरूवात कसरी भयो भन्ने सन्दर्भमा उनले भने, ‘सुरूमा त यत्तिकै टाइमपास गर्नलाई फेस पेन्टिङ्ग गर्थे, टिकटकमा लिप सिङ्ग गरेर भिडियोहरू बनाउँथे । अहिले गर्दै जाँदा मोडलिङ क्षेत्रमै आफ्नो करिअर बनाउने सोचमा पुगेको छु ।’

सिद्धार्थले टिकटक अकाउण्ट खोलेर भिडियो बनाउन थालेको जम्मा ५ महिना मात्रै भएछ । यति छोटो समयको अन्तरालमा उनलाई टिकटकमा पछ्याउनेहरूको संख्या २ लाख तीन हजार बढि पुगिसकेको छ । तर बेला–बेलामा टिकटकमा आउने प्राविधिक समस्याले भने उनलाई अलि तनाव हुनेगर्छ । ‘बेलाबेलामा मेरो अकाउण्ट ब्लक भइराख्छ । यसकारण पहिलेजसरी फलोअर र भ्यूज बढिरहेको छैन । नत्र अहिलेसम्म मेरो फलोअर्स ४–५ लाख पुगिसक्थ्यो होला’ उनले भने ।

टिकटकमा पहिलो भिडियो अपलोड गर्दाको समय स्मरण गर्दै उनले भने, ‘पहिलो भिडियो नै तीन लाख भन्दा बढिले हेर्नुभयो । त्यसपछि फेस मेकअफ र अन्य भिडियोहरू बनाएर हाल्न थाले । मेरो हरेक भिडियोलाई देश–विदेशका दर्शकले उत्तिकै माया गरिदिनुभएको छ ।’

अहिले त उनी बाटोमा निस्किँदा पनि फ्यानहरूले घेरिन्छन् । झट्ट हेर्दा कोरियन केटा जस्तो देखिने उनीसँग केटाकेटीहरू वरिपरी आएर टिकटक र सेल्फी खिच्न थालिहाल्छन् । छोटो समयमै यति धेरै शुभचिन्तकको माया बटुलेका सिद्धार्थ भन्छन्, ‘बाटोमा मास्क लगाएर निस्किदा पनि धेरै जनाले चिनिहाल्नु हुन्छ । मास्क खोल्न लगाउनु हुन्छ र मलाई हेर्दै रियलमा पनि ह्याण्डसम रहेछ भन्नुहुन्छ ।’

अहिले त उनी बाटोमा निस्किदा पनि फ्यानहरूले घेरिन्छन् । झट्ट हेर्दा कोरियन केटा जस्तो देखिने उनीसँग केटाकेटीहरू वरिपरी आएर टिकटक र सेल्फी खिच्न थालिहाल्छन् । छोटो समयमै यति धेरै शुभचिन्तकको माया बटुलेका सिद्धार्थ भन्छन्, ‘बाटोमा मास्क लगाएर निस्किँदा पनि धेरै जनाले चिनिहाल्नु हुन्छ । मास्क खोल्न लगाउनु हुन्छ, र मलाई हेर्दै रियलमा पनि ह्याण्डसम रहेछ भन्नुहुन्छ । यति धेरै माया पाउँदा एकदमै खुशी लाग्छ तर कहिले काहीँ यत्तिकै सानोतिनो कामको लागि घरबाहिर निस्किदा पनि नजिक आएर सेल्फी खिच्न थालिहाल्दा चाँही अलि असहज अनुभुती हुन्छ ।’

सुरूसुरूमा सिद्धार्थलाई उनका बुवाले पढाइमा बढि ध्यान दिन भन्ने गरेकाले टिकटक बनाउन र फेस मेकअप गर्ने कुरामा बुवाबाट त्यत्ति प्रोत्साहन थिएन । तर आमाले पढाई मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल हुनुपर्छ भन्दै ढाडस दिने भएकाले उनी सुरूसरूमा भिडियो बनाएर आमाकै टिकटक अकाण्टमा पोस्ट गर्ने गर्थे । बिस्तारै उनको कला र टिकटक भिडियोहरू देश–विदेशमा चर्चित हुन थालेपछि बुवाबाट पनि प्रोत्साहन मिलेको बताउँदै उनले थपे, ‘अहिले त बाबा मामु दुबै जनाले मेरो कलाकारितालाई उत्तिकै प्रोत्साहन गर्नुहुन्छ । यसकारण झन मेहनत गरेर कलाकारितामा भविष्य बनाउँछु भन्ने हौसला मिलेको छ ।’

सिद्धार्थ अहिले १० कक्षामा अध्ययन गरिरहेका छन् । एसईई सकिएपछि उनले अभिनयको औपचारिक कक्षा नै लिने योजना बनाएका छन् । अनि जिम क्लवमा भर्ना भएर आकर्षक शरीर बनाउने पनि उनको धोको छ । उनी नेपाली झ्याउरे गीतदेखि आधुनिक विधाको हिपहप नृत्यसम्म हेरेकै भरमा गर्न सक्छन् । कोरियन स्टायल र लुक्स युवा पुस्ताले निक्कै रूचाउँछन् । उनको कोरियन लुक्सलाई मनपराउने फ्यानहरूको सङ्ख्या पनि उल्लेख्य छ । सानो उमेरमा कलाकारितामा आफुलाई अब्बल बनाइरहेका सिद्धार्थको भविष्य उज्वल देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको