३१ आश्विन २०७८, आईतवार

कर्णालीका ३५४ स्थानीय तहका जनप्रतिनीधिले रोजेँ एकीकृत समाजवादी




भदौ २३, सुर्खेत । कर्णालीका १० जिल्लाका ३५४ जना जनप्रतिनीधिले नेकपा(एकीकृत समाजवादी) पार्टी रोजेका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी सल्यान ७६ जना जनप्रतिनीधिहरुले एकीकृत समाजवादी रोजेका हुन् ।

दैलेखमा ६५, कालिकोटमा ६५, जुम्लामा ४४, डोल्पामा ४२, मुगुमा २९, सुर्खेतमा, १५, जाजरकोटमा १०, हुम्लामा ५ र रुकुमपश्चिममा ३ जनाले एकीकृत समाजवादी रोजेका हुन् ।

सल्यानमा गाउँपालिका अध्यक्ष १ जना, गाउँपालिका उपाध्यक्ष १ जना, वडा अध्यक्ष १९ र अन्य कार्यपालिका सदस्य र वडा सदस्य गरेर जम्मा ७६ एकीकृत समाजवादी रोजेका हुन् ।

दैलेख जिल्लामा गाउँपालिका अध्यक्ष २ जना, गाउँपालिका उपाध्यक्ष ३ जना, नगरपालिका उपप्रमुख १ जना, वडा अध्यक्ष ११ जना र गरेर जम्मा ६५ एकीकृत समाजवादी रोजेका हुन् ।

कालिकोटमा गाउँपालिका अध्यक्ष २ जना, गाउँपालिका उपाध्यक्ष १ जना, नगरपालिका उपप्रमुख १ जना, वडा अध्यक्ष १२ जना गरेर जम्मा ६५ जना, जुम्ला गाउँपालिका उपाध्यक्ष १ जना, वडा अध्यक्ष ११ जना, गरेर जम्मा ४४ जना एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

डोल्पामा नगरपालिका प्रमुख १ जना, जिल्ला समन्वय समितिका सदस्य ४ जना, वडा अध्यक्ष ८ जना गरेर जम्मा ४२ जना र मुगुमा गाउँपालिका उपाध्यक्ष १ जना, वडा अध्यक्ष ७ जना गरेर जम्मा २९ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

सुर्खेत वडा अध्यक्ष ५ जना कार्यपालिका तथा अन्य वडा सदस्य गरेर जम्मा १५ एकीकृत समाजवादीवादीमा सनाखत गरेका छन् ।

जाजरकोटमा वडा अध्यक्ष २ जना, हुम्लामा जिल्ला समन्वय समिति सदस्य १ जना अन्य वडा सदस्य गरेर जम्मा ५ जना र रुकुमपश्चिममा वडा अध्यक्ष १ जना अन्य वडा सदस्य गरेर जम्मा ३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको