३ कार्तिक २०७८, बुधबार

गायक सत्यराजको ‘संसार जित्ने राजा’मा छोरा संगीतराजको अभिनय(भिडियोसहित)



२३ भाद्र, काठमाडौं । चर्चित गायक तथा संगीतकार सत्यराज आचार्यको नयाँ गीत ‘संसार जित्ने राजा’ सार्वजनिक भएको छ । आइतबार सत्य-स्वरुपकै आधिकारिक यट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

युग यमनको शब्द तथा संगीत रहेको गीतलाई सत्यराजले छोराको विशेष दिन पारेर सार्वजनिक गरेका छन् । संगीत सात वर्ष पूरा भएको अवसरमा जन्मदिनको शुभकामना स्वरुप सत्यले यो गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा सत्यराज र छोरा संगीतराज आचार्यको मनछुने अभिनय हेर्न सकिन्छ ।

संगीतराजको यो पहिलो म्युजिक भिडियो हो । बहुप्रतिभाशाली सर्जकको पहिचान बनाएका सत्यराजले यो गीतको भिडियो निर्देशन समेत आफै गरेका हुन् ।

भिडियोमा पनि सत्यराज र संगीतराज बुबा र छोराको भूमिकामा छन् भने आमाको भूमिकामा मलिना ठकुरीलाई देख्न सकिन्छ ।

बुबाछोराको वार्ताबाट सुरु भएको गीतमा प्रेमिल जोडी र सन्तान जन्मिन लाग्दाको खुसी अनि सन्तान प्राप्तिसँगै जीवनसाथी गुमाउनुपर्दाको पीडालाई उजागर गरिएको छ ।

गीतको भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको