१ आश्विन २०७८, शुक्रबार

जातीय सद्भाव बिथोल्ने पिताको गल्ती स्वीकार्य छैन्ः छत्तिसगढका मुख्यमन्त्री




भदौ २३, छत्तिसगढ । भारतमा छत्तिसगढ राज्यका मुख्यमन्त्री भूपेश बघेलका बयोबृद्ध बाबु नन्द कुमार बघेल पक्राउ परेका छ । ब्राह्मण समुदायबिरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि ८६ वर्षीय नन्दकुमार पक्राउ परेका हुन् । प्रहरीले उनलाई पुर्पक्षका लागि १५ दिन न्यायिक हिरासतमा राखेको छ ।

बघेलले धरौटीमा रिहा हुन अनुरोध नगरेको उनका वकिलले बताएका छन् । प्रहरीले उनलाई यही २१ सेप्टेम्बरमा अदालतमा उपस्थित गराउनेछ ।

आफ्ना बाबुलाई कैद गरिएपछि मुख्यमन्त्री बघेलले उनलाई विशेष छुट नहुने बताए । आफ्ना पिताप्रति सदैब सम्मान रहे पनि मुख्यमन्त्रीको रुपमा पिताको गल्ती स्वीकार्य नहुने उनको भनाई छ ।

‘कानूनभन्दा माथि कोही हुँदैन, यद्यपी उहाँ मेरा पिताजी हुनुहुन्छ । मुख्यमन्त्रीको रुपमा मैले बिभिन्न समुदायबीच सद्भाव ल्याउनु पर्छ । कुनै निश्चित समुदायप्रति द्वेष फैलाउने उहाँको अभिव्यक्तिका कारण म दुःखित छु । उहाँमाथि कानुनी कारबाही हुन्छ । ’ छत्तिसगढ सरकारले हरेक धर्म, जातजाती समुदाय र उनीहरुको भावना सम्मान गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको