२ कार्तिक २०७८, मंगलवार

काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीमा गोविन्द रिजाल



२२ भदौं, काठमाडौं । नेपाल सरकारको गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी दिइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाएर रिजाललाई जिम्मेवारी दिएका हुन् । स्रोतका अनुसार पराजुलीलाई गृहमन्त्रालयमा ल्याइएको छ । पराजुली मन्त्रालयमा हाजिर भएपछि महाशाखा तोकिनेछ ।

यसअघि पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारका बेला पराजुलीलाई काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।

सहसचिव रिजालले विगत ४ महिनादेखि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका थिए । दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट, कैलाली, रौतहट, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हाली सकेका छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको