सुर्खेतमा अब ८५ रुपैयाँमा नै खाना पाइने
भदौ, २२ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–६ यरीचोकमा अब ८५ रुपैयाँमा नै खाना खान पाइने भएको छ । कर्णाली खाना एण्ड खाजा घरले ८५ रुपैयाँ खाना खुवाउने भएको हो ।
सबैले महङ्गो खाना खान नसक्ने भएकाले सबैलाई लक्षित गरेर ८५ रुपैयाँमा खाना खुवाउने लक्ष्य राखिएको सञ्चालक वीरेन्द्र केसीले जानकारी दिए ।
साधा खाना खानेलाई ८५ रुपैयाँमा खुवाउने सञ्चालक केसीको भनाई रहेको छ ।