२० मंसिर २०७८, सोमबार

दैलेखमा आइतबार थप ३२ जनप्रतिनीधिले एकीकृत समाजवादीमा सनाखत गरे, सनाखत गर्नेको संख्या ५७ पुग्यो




२० भदौ, सुर्खेत । दैलेखमा आइतबार थप ३२ जना जनप्रतिनीधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । आइतबार सनाखत गर्नेमा गाउँपालिका भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लसहित ५ जना वडा अध्यक्ष एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

दैलेखका ११ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा एमालेले जितेको थियो ।

महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा र ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले एकीकृत समाजवादीमा सनाखत गरे सकेकी छन् ।

दैलेखका ९० वडामध्ये ५३ वटामा एमाले विजयी भएको थियो । यसभन्दा अघि ७ जना वडा अध्यक्षले एकीकृत समाजवादीमा सनाखत गरेका थिए । थप आइतबार ५ जना वडा अध्यक्षले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

शुक्रबार २५ जना जनप्रतिनीधिले एकीकृत समाजवादीमा सनाखत गरेको र आइतबार ३२ जना एकीकृत समाजवादीमा सनाखत गरेको र अहिलेसम्म जम्मा ५७ जनाले सनाखत गरेको एकीकृत समाजवादी नेता तथा प्रतिनीधिसभा सदस्य पावर्ती बिसुन्खेले बताइन् । ‘हाम्रो पक्षमा खुल्ने जनप्रतिनीधिहरुको संख्या बढ्दै गएको छ ।’ उनले भनिन्,‘सनाखत गर्ने समय २२ गतेसम्म भएकाले अझैँ केही जनप्रतिनीधि थपिनु हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको