२ कार्तिक २०७८, मंगलवार

गुम्बामा पुजा गर्ने बिषयमा झडप हुँदा चार जना घाईते




० भदौ, सुर्खेत । डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कागकोटमा गुम्बामा पुजा गर्ने बिषयमा झडप हुँदा ४ जना घाइते भएका छन् । एक समूहले पुजा गरिरहेको बेला अर्को समूहले पहिला किन पुजा गरेको भन्दै झडप भएको थियो ।

दुई समुहबीच झडप हुँदा भाग्ने क्रममा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताए । ‘झडपमा भागाभाग गर्ने क्रममा गाउँकार्यपालिका सदस्य रहनु भएकी पेमाछुजुङ रोकाया लडेर घाइते हुनुभएको हो ।’ उनले भने,‘गुम्बाको पुजा एक समुहले पहिला गरेको भन्दै अर्को समुहले झगडाको सुरुवात गरेको र सोही क्रममा भागदौडमा रोकाया लडेर गम्भीर घाइते हुनुभएको हो ।’

रोकायाको टाउकोमा चोट लागेर गम्भीर घाइते हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याएर उपचार गराएपनि टाउकोमा गम्भीर चोट भएकोले काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

घाइते ४ जनामध्ये तिनजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको