३ कार्तिक २०७८, बुधबार

रुकुमपश्चिमा एमालेका बहुमत सदस्य एकीकृत समाजवादीमा




२० भदौ, सुर्खेत । रुकुमपश्चिममा ६५ जना जिल्ला कमिटी सदस्यमध्ये ४६ जना नेकपा(एकीकृत समाजवादी) रोजेका छन् । नेकपा एमाले जिल्ला अध्यक्ष बिमलकुमार पुनसहित जिल्ला कमिटिका ससस्यहरुले नेकपा(एकीकृत समाजवादी) रोजेका हुन् ।

नेकपा एमालेका जिल्ला कमिटिका उपाध्यक्ष रहेको ऋषिप्रसाद शर्मालगाएत १४ जना एमालेमा नै रहने निष्कर्ष निकालेका छन् । ६५ सदस्यीय जिल्ला कमिटिमा ५ जना यसभन्दा अघि नै माओवादी केन्द्र रोजका छन् ।

एमालेका सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतम लगायत बहुमत जिल्ला कमिटी एकीकृत समाजवादीमा रुपान्तरण भएको एकीकृत समाजवादीका अध्यक्ष पुनले जानकारी दिए ।

त्यस्तै रुकुम पश्चिमबाट राष्ट्रिय सभाका सदस्य ठकेन्द्रप्रकाश पुरी र कर्णाली प्रदेशसभाका सांसद देवी ओली एकीकृत समाजवादी रोजेका छन् । प्रतिनिधि सभा सांसद तिर्था तीर्था गौतम भने एमाले रहेकी छन् ।

६ वटा स्थानीय तह रहेको रुकुमपश्चिममा एमाले २०७४ सालको स्थानीय तहका निर्वाचन २ वटा अध्यक्ष जितेको थियो । २ जना वडामा अध्यक्ष जितेको एमालेमा एक जना एकिकृत समाजवादी र एक जना एमालेमा रहेका छन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको