१ आश्विन २०७८, शुक्रबार

एनआरएनए बियोण्ड-२०२१: फ्रेन्डसिप काउन्सिल किन र केका लागि ?


डा. नवराज रोस्यारा
१९ भाद्र २०७८, शनिबार

गैर आवासीय नेपाली संघले आफ्नो विधानमा हाम्रा बिदेशी मित्रहरूसँगको सहकार्यका गर्नको लागि फ्रेन्डसिप काउन्सिलको अवधारणालाई समाहित गर्नु पर्दछ भनेर मैले अघिल्लो अधिवेशनमा सार्वजनिक प्रस्ताव राखेको थिए । फ्रेन्डीसिप काउन्सिलको अवधारणाको लागि समर्थन जुटाउन र यो मुद्दालाई पारित गराउन एनआरएनएमा युरोप क्षेत्रको डि. आर. सी. को उमेद्वारी पनि दिएको थिए। दुर्भाग्यवस मैले आवश्यक समर्थन जुटाउन सकिन । परिणाम म त हारे नै । साथै फ्रेन्डसिप काउन्सीलको अवधारणाले पनि मुर्त रुप लिन सकेन । मेरो हार त्यती महत्वपुर्ण भएन । तर फ्रेन्डसिप काउन्सिलको मुद्दाले जित्नु पर्दछ, किनकी यो समग्र एनआरएनहरूको हितमा छ । त्यसैले यसपालीको सम्मेलनको पुर्व सन्ध्यामा म पुनः यहि मुद्दा लिएर यहाहरू समक्ष उभिएको छु । र छोटकरीमा एनआरएन फ्रेन्डसिप काउन्सीलको अवधारणा प्रश्नोत्तर मार्फत् प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१) एनआरएन फ्रेन्डसिप काउन्सिल भनेको के हो ?
एनआरएन फ्रेन्डसिप काउन्सिल भनेको नेपाल र नेपालीहरूलाई माया गर्ने विदेशीहरूलाई समेटेर एनआरएनए जस्तै गरी बिश्वका हरेक देशमा गठन गरिने सामाजिक संरचना हो । जुन देशमा एनआरएनए हुन्छ, त्यहाँ एनआरएन फ्रेन्डसिप काउन्सिल पनि निर्माण हुनेछ । यो संस्था सम्वन्धित देशको नियम कानुन अन्तर्गत समाजिक संस्थाको रूपमा दर्ता भई काम गर्ने छ । एनआरएनए र फ्रेन्डसिप काउन्सिल बीच निरन्तर रूपमा परस्पर सहयोग र सहकार्यका आधारमा सामाजिक गतिविधीहरू संचालन गरिने छन्।

२) एनआरएन फ्रेन्डसिप काउन्सिलको मुख्य उद्देश्य के हो ?
एनआरएन फ्रेन्डसिप काउन्सिलका मुख्य उद्देश्य निम्न अनुसार रहने छः
क. सम्वन्धित देशको एनआरएनएसँग सहकार्य गर्ने,
ख. नेपाली इमिग्रेन्ट्सहरूलाई सम्वन्धित देशको समाजमा इन्टिग्रेट गराउने,
ग. सम्वन्धित देशमा नेपालीहरूका साझा समस्याहरू समाधानमा सहयोग गर्ने,
घ. नेपालसँग भाईचारा र सास्कृतिक सम्वन्ध कायम राखिराख्ने,
ङ. नया नेपाली इमिग्रेन्टसहरूलाई विदेशी भाषा सिकाउने व्यवस्थाको पहल गर्ने,
च. नेपाली इमिग्रेन्टसहरूको संस्कृती र रितिरिवाजहरूलाई त्यस देशको माइनर कम्युनिटी अर्थात् अल्पसंख्यकको रुपमा परिचित गराउने,
छ. ग्लोवल वार्मिङ, वातावरणिय असर, महिला शसक्तिकरण, बालवालिकाको लागि अनिवार्य शिक्षा जस्ता विश्वव्यापी मुद्दाहरूमा अन्य संघ संस्थाहरूसँग सहकार्य गर्ने।

३) एनआरएन फ्रेन्डसिप काउन्सिलमा सदस्यहरू को हुनेछन् र कस्ले नेतृत्व गर्नेछन् ?
एनआरएन फ्रेन्डसिप काउन्सिलको नेतृत्व हाम्रा विदेशी मित्रहरू अथवा नेपाली मुलका तर बिदेशमै जन्मिएर विदेशी नागरिकता लिएका दोश्रो तथा तेश्रो पुस्ताका एनआरएनहरूले मात्र गर्ने छन् । पहिलो पुस्ताका नेपालीहरूले एनआरएनए सञ्चालन गर्नेछन् भने नेपालसँग सद्भाव राख्ने, खास गरिकन एनआरएनहरूसँग सहकार्य गरेर नेपाल र एनआरएनहरूको हितमा सहकार्य गर्न चाहने विदेशीहरूले एनआरएनहरूसँग मित्रता र सहकार्यका आधारमा एनआरएन फ्रेन्डसिप काउन्सील संचालन गर्ने छन् । यो फ्रेन्डसिप काउन्सीलमा विदेशीहरु र विदेशमै जन्मिएका दोश्रो पुस्ताका नेपाली मुलका एनआरएनहरू सक्रिय सदस्य हुनेछन् भने हामी पहिलो पुस्ताका एनआरएनहरू पर्यवेक्षकको रूपमा रहनेछौ ।

४) एनआरएनए सक्रिय छँदाछँदै एउटै देशमा फेरी किन एनआरएन फ्रेन्डसिप काउन्सिलको आवश्यकता पर्यो ?
एनआरएनएमा हामी पहिलो पुस्ताका नेपलीहरू मात्रै सक्रिय छौं । यसमा हामीलाई जे आउँछ त्यै गर्छौ। समाज सेवा, राजनीती, पद, प्रतिष्ठा, आपसी भातृत्व, भाषण, भेला, सांस्कृतिक मनोरञ्जन आदि इत्यादि। नियम कानुनका कुराहरू कम, अनि भावनाका कुराहरू बढी । अर्थात् राम्रा, नराम्रा सवै कुराहरु यसमा पर्दछन् । समग्रमा भन्दा हामीले एनआरएनएलाई नेपालमय बनाएका छौं र हाम्रा लागि यो हरेक देशमा नेपालको प्रतिविम्व जस्तै भएको छ। यो नेपालमय बनाउने कुरा हाम्रा लागि त राम्रै पनि होला । तर के यो नेपालमय एनआरएनए हाम्रा सन्ततीको पनि समाज बन्न सक्छ त ? त्यस्तो कदापी हुन सक्दैन। के विदेशमा जन्मेका हाम्रा सन्तानहरूको समाज अहिलेको एनआरएनए समाज हो त ? के हाम्रा सन्तानहरू हामी जस्तै सत प्रतिशत नेपाली बन्न सक्छन ? यो प्रश्नमा हामी सवैको छोटकारी उत्तर एउटै हुन्छः सक्तैनन । त्यसो भए के उनीहरू विदेशी समाजसँग मात्र सरोकार राख्छन् त ? त्यस्को उत्तर पनि होइन भनेर छोटकरीमा स्पष्ट पार्न सकिन्छ।

मेरा सन्ततीहरू जर्मनीमा जन्मिएर हुर्किदैछन । अव उनीहरू न त सत प्रतिशत नेपाली नै हुन नत उनीहरू जर्मन नै। त्यसैले म आज प्रश्न गरिरहेको छु, मेरा सन्ततीहरूलाई आफ्नोपन महशुस हुने त्यो नेपाल जर्मन मिश्रीत समाज खै कहाँ छ ? तर उत्तर मसँग छैन । हाम्रा सन्ततीहरूलाई मिश्रीत समाज चाहिएको छ । के हाम्रा सन्ततीको भविष्यलाई हेरेर नेपाली र विदेशी संस्कृतीको समिश्रण भएको मिश्रीत समाज बनाउन पहल गर्ने कि नगर्ने ? इतिहासले सुम्पेको नेपालीहरूको प्रवासी समाज निर्माण गर्ने यो एेतिहासिक दायित्व पुरा गर्न एनआएन फ्रेन्डसिप काउन्सिलको आवश्यकता परेको छ । जसरी एउटा सिक्का बन्न त्यस्का दुइपाटाहरू चाहिन्छन्, ठीक त्यसरी हाम्रा सन्ततीको लागि चाहिने समाज बनाउन दुइटै पक्षको आवश्यकता छ। हामी नेपाली र हामीसँग सहकार्य गर्न चाहने विदेशीहरू। हामी पहिलो पुस्ताका नेपालीहरू मिश्रीत समाजको एउटा पक्ष मात्र हौं । सिक्कालाई दोश्रो पाटोको जररुरत भए जस्तै मिश्रीत समाज वनाउन विदेशिहरूको आवश्यकता छ ।

जस्तो कि मेरा सन्ततीहरू जर्मनीमा जन्मिएर हुर्किदैछन । अव उनीहरू न त सत प्रतिशत नेपाली नै हुन नत उनीहरू जर्मन नै। त्यसैले म आज प्रश्न गरिरहेको छु, मेरा सन्ततीहरूलाई आफ्नोपन महशुस हुने त्यो नेपाल जर्मन मिश्रीत समाज खै कहाँ छ ? तर उत्तर मसँग छैन ।

हाम्रा सन्ततीहरूलाई मिश्रीत समाज चाहिएको छ । के हाम्रा सन्ततीको भविष्यलाई हेरेर नेपाली र विदेशी संस्कृतीको समिश्रण भएको मिश्रीत समाज बनाउन पहल गर्ने कि नगर्ने ? इतिहासले सुम्पेको नेपालीहरूको प्रवासी समाज निर्माण गर्ने यो एेतिहासिक दायित्व पुरा गर्न एनआएन फ्रेन्डसिप काउन्सिलको आवश्यकता परेको छ । जसरी एउटा सिक्का बन्न त्यस्का दुइपाटाहरू चाहिन्छन्, ठीक त्यसरी हाम्रा सन्ततीको लागि चाहिने समाज बनाउन दुइटै पक्षको आवश्यकता छ। हामी नेपाली र हामीसँग सहकार्य गर्न चाहने विदेशीहरू। हामी पहिलो पुस्ताका नेपालीहरू मिश्रीत समाजको एउटा पक्ष मात्र हौं । सिक्कालाई दोश्रो पाटोको जररुरत भए जस्तै मिश्रीत समाज वनाउन विदेशिहरूको आवश्यकता छ । एनआरएनएमा लागेका सवै अभियन्ताहरूका अगाडि आज एक प्रश्न खडा भएको छ कि हामी सधै भरी एनआरएनएमा आपसी राजनिती गरेर मात्र रमाएर बस्ने कि आफ्ना सन्ततीको भविष्य हेरेर उनीहरूलाई आवश्यक नेपाली विदेशी मिश्रित समाज निर्माणमा लाग्ने ? त्यसैले हामी बसेकै देशमा वसोवास गर्ने अनि नेपाललाई वुझ्ने र माया गर्ने विदेशीहरूलाई समेटेर एनआरएन फ्रेन्डसिप काउन्सील बनाउनमा ढिलाइ नगरौ ।

५) एनआरएन फ्रेन्डीसिप काउन्सील गठनबाट हुने अरु फाइदाहरू के के छन् ?
एनआरएन फ्रेन्डसिप काउन्सिल गठन भैसके पछि हालीलाई हुने ठुलो फाइदा भनेको यस्ले एनआरएनएलाई आर्थिक रूपमा पुर्ण सवल बनाउने छ। हामीले चन्दा उठाएर बाँच्नु पर्ने दिनको अन्त्य हुनेछ। हरेक देशमा इमिग्रेन्ड्सहरूको मुद्दामा सहयोग पुर्याउन प्रशस्त सरकारी फण्डहरू हुन्छन् । तर हामीसँग अहिले भाषाको समस्या र कार्यशैलीको समस्या र अन्य विभिन्न कारण ती फण्डमा हाम्रो पहुँच छैन । तर फ्रेन्डसिप काउन्सिल भए त्यहाँका विदेशी मित्रहरूले ती सरकारी फन्डहरूमा पुग्ने बाटो देखाएर हाम्रो पहुँचलाई सरल बनाई दिनेछन् । अनि हामीले चन्दा मागेर वा ठुलो ठुलो रकमको उम्मेदवारी शुल्क लगाएर एनआरएन चलाउनु पर्ने दिनहरूको अन्त त हुनेनै छ साथसाथै नेपालमा सामाजिक कार्यहरू सञ्चालन गर्न प्रशस्त फण्डहरू पनि मिल्न सक्नेछ । जस्तो कि जर्मन सरकारले इमिग्रेन्टसहरूमार्फत् उनीहरूको मुली देशमा परोपकारी कार्यमा वर्षेनी ५० हजार युरो बराबरको सहयोग गर्न सक्छ। तर त्यस्का लागि लेखपढ गर्नु पर्ने धेरै बिषयहरू हुन्छन् र जर्मनमै प्रोजेक्ट तयार गर्नु पर्ने हुन्छ। टुरिज्म र आर्थिक लगानीको क्षेत्रमा पनि हामीहरू फ्रेन्डसिप काउन्सिल मार्फत् निकै ठूलो फड्को मार्न सक्छौं ।

६) के विदेशिहरूलाई एनआरएनएमै समेटेर अगाडि बढ्न सकिदैन ?
यो प्रश्नको उत्तर मैलेभन्दा पनि अग्रज अभियन्ता मित्रहरूले राम्रोसँग दिनुहुन्छ जस्तो लाग्छ। तर मैले बुझे अनुसार विदेशीहरूलाई एनआरएनएमा समेट्न नेपालको कानुन ले दिदैन। नेपालको कानुनले नदिए उनीहरूले आईसिसीका गतिविधिमा भाग लिन पाएनन। आइसिसीका गतिविधिमा भाग लिन नपाए एनसिसीमा देशि र विदेशी गरी दुइ थरी सदस्यता राख्नु पर्ने भयो, जुन डिस्क्रिमिनेसन अर्थात् भेदभावको चरम नमुना हुन जान्छ । मान्छेले सबै सहन्छ, तर भेदभाव सहन सक्दैन। यसपाली हाम्रो जर्मनीमा यस्तै भयो । एक जना एनआरएनकी श्रीमती तर जर्मन मुलकी महिलाले एलसीसीमा उपाध्यक्ष हुन चाहनु भयो र आफ्नो उम्मेदवारी पनि दिनु भयो । नियम अनुसार उहाँलाई एनआरएनएको सदस्यता दिन मिलेन । अनि स्थानीय नियम अनुसार र नेपाली परम्परा अनुसार उनको उमेदवारी रद्द गर्न पनि मिलेन । परिवारका एक सदस्य बावुले एनआरएनएको सदस्यता लिन मिल्ने, अनि परिवारको अर्को सदस्य यानेकि आमा चाहिँ सदस्य वन्न नमिल्ने ? आमाले विदेशी भएपनि सहयोग भने गरिरहनु पर्ने ? यो अवस्थामा उहाँका छोराछोरीहरूले हाम्रो अपुर्ण संरचनाका कारण कस्तो भेदभाव महशुस गरेहोलान ? एक छिन सोचौं त मित्रहरु । म स्वयम् उक्त एलसीसीको निर्वाचन प्रमुख संयोजक भएकोले सवै प्रत्यक्ष भोगे । के गर्ने ? के नगर्ने ? केहि थाहा भएन। सधै भरी असमानता र भेदभावको विरुद्धमा आवाज उठाउने मान्छे यसपाली विदेशि मुलकी ती नेपाली आमालाई सम्मानका साथ एलसीसीको उपाध्यक्ष पदमा स्वागत गर्न सकिएन । केहि गर्न नसकेर लाचारिपन देखाउन परेकोमा निकै ठुलो पिडा महशुस गरे। त्यसैले एनआरएनएमा नेपाली र विदेशीलाई एकसाथ सदस्य वनाउन सकिने अवस्था छैन।

७) विदेशीहरूलाई एनआरएनएमै समेट्न नसकिने अरु थप कारणहरू पनि छन कि ?
विदेशीलाई एनआरएनएमा संगठित गर्न नसकिने अरु पनि धेरै कारणहरू छन् । जस्तो की भाषागत, शैलीगत कारणहरू। विदेशीले वियोण्ड २०२० मा भने जस्तो अङ्ग्रेजीमा मात्र संम्वाद गर्न खोज्लान । हामी नेपालीमा सम्वाद गर्दछौ। विदेशीले सवै योजनामा चल्न खोज्लान्, हामी हाम्रा काम गर्ने शैली नेपालको जस्तै राख्न चाहन्छौं। कुरा गर्ने, छलफल गर्ने, झगडा गर्ने र अन्त्यमा केहि सिप नलागे मात्र वल्ल सहमती गर्ने । यी सवै पक्षलाई केलाएर हेर्दा नेपाली र नेपालसँग सहकार्य गर्न चाहने विदेशिहरूलाईसँगै संगठित गरेर अघि वढ्ने हो भने एनआरएनए र एनआरएन फ्रेन्डसिप काउन्सिल समानान्तर किसिमले चलाउनु पर्दछ। सदस्यता दिँदा एनआरएनए र एनआरएन फ्रेन्डसिप काउन्सिलको सदस्यता एक साथ वितरण गर्ने व्यवस्था गरौं । नेपाली मुलका भए सदस्यतामा एनआरएनए लेखौं, विदेशी मुलका भए एनआरएन फ्रेन्डसिप काउन्सील (एनआरएनएफसी) लेखौं । यसरी बाहिर हेर्दा एनआरएन फ्रेन्डसिप काउन्सील र एनआरएनए एउटै जस्तो पनि देखिन सकिन्छ कहिले काहि किनकी यिनीहरू दुवैका उद्देश्य एउटै हुन्छन् । तर नेतृत्व तहमा भने एउटा नेपालीहरू बस्छन भने अर्कोमा विदेशीहरू ।

गैर आवासिय नेपाली संघलाई आधुनिकीकरण गर्ने हो र नयाँ भिजनका साथ अघि बढाउने हो भने फ्रेन्डसिप काउन्सिलको अवधारणालाई लागु गर्न उपयुक्त देखिन्छ। यसैले यहाहरू सबैलाई यो अवधारणालाई एनआरएनएको सम्मेलनमा एजेण्डा बनाएर विधानमा नै फ्रेन्डसिप काउन्सिलको व्यवस्था गर्नको लागि पहल गरिदिन हुन हार्दिक अह्वान गर्दछु ।

डा.रोस्यारा एनआरएनए जर्मनीका पुर्व अध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको